सरोद बादक सुदर्शन राजोपाध्याय भारतमा सम्मानित

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

ललितपुर निवासी वरिष्ठ सरोद वादक सुदर्शन राजोपाध्यायलाई भारतमा सम्मान गरिएको छ । विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपाल तथा भारतमा समेत ख्याती कमाएका राजोपाध्यायलाई भारतको राजस्थानमा माघ ५ गते विविधता मे एकता राष्टिय सम्मान २०२० बाट सम्मान गरिएको हो ।

एन आर बि फाउण्डेशन एवं भब्या इन्टरनेशनलको अयोजना भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अबसरमा भारतको राजस्थानको विवेकानन्द इन्स्टियूट अफ टेक्नोलोजीमा भएको समारोहमा राजोपाध्याय् सम्मानित भएका हुन् । राजोपाध्यायले संगीत क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको बताईएको छ ।

समारोहमा राजोपाध्यायलाई डा सरिता शुक्ला, ज्योतिषाचार्य सरस्वती देवकृष्ण, मोहमद नइमले राष्टिय सम्मान  प्रदानगर्नु भएको हो । समारोहमा कलमकार मञ्चका संस्थापक शैलेन्द्र माथुर, मञ्चका निर्देशक डा निशा माथुरलगायतको सहभागिता थियो ।

३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्यायलाई यसभन्दा अघि २०१९ जुलाइ १५ मा  राजस्थानकको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड २०१९ प्रदान गरिएको थियो भने  सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा  सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो । नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाएका छन् ।

सरोदवादन बाहेक  उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।