दीपिकालाई क्रिस्टल अवार्ड

मुम्बई (एजेन्सी) ।

अभिनेत्री दीपिका पादुकोण ‘क्रिस्टल अवार्ड’बाट सम्मानित भएकी छिन् । स्विट्जरल्याण्डको दाभोसमा आयोजना भएको एक समारोहमा दीपिकाले मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाँउदै सामाजिक कार्यमा नेतृत्व लिएको भन्दै उनलाई ‘क्रिस्टल अवार्ड’बाट सम्मानित गरिएको हो ।

उनी २०१५ देखि ‘द लिभ लभ लाफ’ फाउन्डेसनमा सक्रिय छिन्। दीपिकाले ‘द लिभ लभ लाफ’ फाउन्डेसनमार्फत समाजमा मानसिक स्वास्थ्यको बारेमा जागरुकता फैलाइरहेकी छिन् ।

उक्त फाउन्डेसनले किशोर किशोरीको मानसिक स्वास्थ्य तथा स्वास्थ्य सम्बन्धी प्रशिक्षण र अनुसन्धान लगायतको विषयमा काम गर्दै आएको छ । अवार्ड जितेसँगै दीपिकाले इन्स्टाग्राममा एक तस्विर सेयर गर्दै खुसी साटेकी छन् ।