अष्ट्रेलियाको अर्बन होम्सले नेपाली चलचित्र बनाउने

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

अष्ट्रेलियामा रहेर घर–जग्गा व्यवसाय अर्थात रियल स्टेटमा स्थापित भएर निर्माण व्यवसायमा समेत आवद्ध भएका नेपालका ज्ञानेन्द्र कार्कीले नेपाली चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् । उनले नेपालमा पनि आफ्नो सेवालाई विस्तार गर्ने उद्देश्यका साथ नेपालमा पनि घर–जग्गा, निर्माण व्यवसाय तथा नेपाली चलचित्र निर्माणको क्षेत्रमा सहभागिता जनाउने घोषणा गरेका हुन् ।

‘हामीले ल्याभिस कन्स्ट्रक्सन एण्ड डेभ्लपमेन्ट कम्पनिमार्फत आफूलाई डेभलपरको रुपमा समेत उभ्याएका छौं, सिईओ कार्की भन्छन्—‘अर्बन होम्स एनएसडब्ल्यूलाई एउटा छुट्टै योजना र परियोजनाका रूपमा अगाडि बढाइ रहेका छौं ।’ यसका साथै कार्कीले यसै वर्षदेखि नेपाली चलचित्रमा लगानी गर्नुका साथै अष्ट्रेलियामा नेपाली चलचित्रलाई प्रदर्शन गर्नका लागि वितरकको रुपमा समेत काम गर्न लागेको स्पष्ट पारे ।

‘नेपाली चलचित्रले विस्तारै अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश पाएको छ, कार्की भन्छन्— ‘हामीले वर्षमा कम्तिमा एउटा नेपाली चलचित्र निर्माण  गरेर त्यसमा नेपाल र अष्ट्रेलियामा मात्र होइन, विश्वभरी नै प्रदर्शन गर्ने लक्ष्य लिएका छौं ।’

काठमाडौंमा रहँदा कार्कीले केही चलचित्र निर्देशक, लेखक, निर्माता तथा चलचित्र निर्माण गर्ने संस्थाका प्रतिनिधिहरुसंग समेत छलफल गरेका थिए । ‘छ महिना भित्रै हामी पहिलो चलचित्रलाई लिएर फ्लोरमा जाने योजना बनाएका छौं, कार्कीले भने—‘हामीले निर्मँण गर्ने पहिलो चलचित्रको स्क्रिप्टको लेखन कार्य समेत प्रारम्भ भैसकेको छ ।’

यसैबीच, नेपाल सरकारले आयोजना गरिरहेको नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि कार्कीले अष्टे«लियाका आफ्ना  ग्राहकहरुलाई दश दिनको नेपाल भ्रमण गर्ने प्याकेज उपहारको रुपमा समेत प्रदान गरिरहेका छन् । ‘नेपाल भ्रमण वर्षलाई सफल बनाउन यो अर्बन होम्सको तर्फबाट गरिएको एउटा सानो प्रयास मात्र हो, सिईओ कार्कीले भनेका छन् ।

रंगेली, मोरङमा जन्मिएका कार्कीले अष्ट्रेलियाको सिड्नी शहरमा सहभागितामूलक व्यवस्थापनमा रियल स्टेट, व्यवस्थापन र निर्माणका सबै प्याकेजसंगै ‘अर्बन होम्स न्यू साउथवेल्स (एनएसडब्ल्यू) नामक नेपाली कम्पनि सञ्चालन गरिरहेका छन् ।