‘एन्टी हिरो’मा अनमोलकी नायिका जसिता

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

अभिनेता अनमोल केसीले अभिनय गर्ने भनिएको नयाँ चलचित्र ‘एन्टी हिरो’मा नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । अब यो चलचित्रमा अनमोल र जसिताको रोमान्स रहनेछ । बुधबार चलचित्रका निर्माता भुवन केसी र अभिनेत्री जसिता गुरुङबीच कागजी सम्झौता भएको छ ।

काजल फिल्मस्को ब्यानरमा निर्माण हुने ‘एन्टी हिरो’ को छायांकन बैशाख १ गतेबाट सुरु हुने बताइएको छ । निर्माता भुवन केसीका अनुसार मुख्य अभिनेता र अभिनेत्रीको टुंगो लागे पनि निर्देशक भने फाइनल भइसकेको छैन् । चलचित्रमा निर्माता केसीले पनि अभिनय गर्नेछन् । उनी यो चलचित्रमा खलनायकको भूमिकामा देखिदैछन् ।

चलचित्र ‘लिलिबिली’बाट अभिनय करिअर सुरुवात गरेकी अभिनेत्री जसिताको पछिल्लो रिलिज फिल्म ‘लभ स्टेशन’ हो । यो चलचित्र बक्सअफिसमा असफल भएपछि निराश भएकी उनले निर्देशक रेनशा वान्तवा राईको ‘आई एम ट्वान्टिवान’ साइन गरेर बसेको धेरै समय भैसकेको छ । तर, यो फिल्मको छायांकन हुन सकेको छैन ।