फ्राइडे रिलिजः बिदेशीसँग एक्लो कमाण्डर

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

माघ महिनाबाट नेपाली चलचित्र प्रदर्शनमा आउन थालेका छन् । गएको पुस महिना हलमा नेपाली चलचित्र प्रदर्शन भएनन् । नेपाली दर्शकले बिदेशी चलचित्रमात्र हेर्न बाध्य भए । राम्रा ब्यानरका चलचित्रले बिशेष चाडपर्व र नयाबर्षलाई कुरिरहदा बिदेशी चलचित्रलाई गएको महिना फाइदा पुग्यो ।

आज (शुक्रबार) बाट पनि दुई बिदेशी सहित एक नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘कमाण्डर’ हलमा एक्लो रुपमा उत्रिएको छ । ‘कमाण्डर’ सँग प्रतिस्पर्धा गर्ने अन्य नेपाली चलचित्र नभएपनि दुई बलिउड चलचित्रसँग भने कडै प्रतिस्पर्धा हुने देखिन्छ । बलिउडका दुई चलचित्र ‘पंगा’ र ‘स्ट्रिट डान्सर’ प्रदर्शनमा आएका छन् । बलिउडको ‘पंगा’लाई क्युएफएक्स चेनले २० शो दिँदा ‘स्ट्रिट डान्सर’लाई भने पहिलो दिनका लागी ७ शो मात्र दिएको छ । तर नेपाली चलचित्र ‘कमाण्डर’लाई भने जम्मा ६ शो मात्र दिइएको छ ।

समसायिक राजनीति, भ्रष्टाचार, तस्करीलगायतका बिकृतिबिरुद्धको अवाजका रुपमा अर्थयाइएको फिल्मको लेखन, निर्माण र निर्देशन एलआर बिबेकले गरेका हुन् । चलचित्रमा अनुपबिक्रम शाही, रबिन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, दिनेश केसी, कालु राना, तेजा ऐरका साथमा नवनायिका द्धय साधना सिलवाल र सगुन थापा मुख्य भूमिकामा छन् ।

इमान्दार प्रहरी अधिकृतले समाजमा ब्याप्त भ्रष्टाचार, तस्करी,कालोबजारी नियन्त्रण तथा निर्मुलका लागि के कस्तो परिस्थितिसँग जुध्ने गर्दछ भन्ने बिषयमा निर्माण गरिएको चलचित्रले भरपुर मनोरञ्जनका साथै सामाजीक सन्देश समेत प्रवाह गरेको निर्देशक सापकोटा बताउँछन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्मीत फिल्मको सहनिर्मातामा सावनजंग राना छन् । दिब्य सुवेदीले खिचेको चलचित्रमा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गरेको हो ।