पत्रकारिता पुरस्कारका समिति गठन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

कलैया, बाराको सबैभन्दा पहिलो कृपा दैनिक पत्रिकाले स्थापना गरेको नवजान कल्याण कोषले स्थापना गरेको दुईवटा पुरस्कारका लागि पुरस्कार छनौट समिति गठन गरिएको छ । आइतबार कुशल प्रकाशन समूहको बैठकले कृपा दैनिकका कार्यकारी सम्पादक कृष्णउदास खनाल संयोजक रहने गरी चार सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको काब्य प्रकाशन समूहकी अध्यक्ष सबिता चालिसेले जानकारी दिइन् ।

समितिको सदस्यहरुमा बाराका पत्रकार गोकुल घोरसाइने, कान्तिपुर टिभी बारा, पर्साका प्रतिनिधि उपेन्द्र ठाकुर र नेपाल पत्रकार महासंघ बारा शाखाका पूर्व अध्यक्ष लक्ष्मी साह रहनु भएको छ । घोरसाइने, ठाकुर र साह उमादेवी पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसक्नु भएको छ ।  समितिले बाराका कृयाशिल दुईजना पत्रकारका लागि स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पुरस्कार लागि र चन्द्रप्रसाद खनाल स्मृति कृयाशिल पत्रकारिता पुरस्कारका लागि दुईजना पत्रकार छनौट गर्ने छ । यी दुबै पुरस्कारको राशी यस बर्षबाट ६० हजार रहनेछ ।

उमा(जानकी) देवी स्मृति कृयाशिल पुरस्कारको रकम बढाएर यस बर्षबाट रु. ५० हजार पु¥याएको र चन्द्रप्रसाद खनाल स्मृति पुरस्कारको राशी रु. ५ हजारबाट बढाएर रु. १० हजार बनाइएको काब्य प्रकाशन समूहले जनाएको छ । यी दुबै पुरस्कार कृपा दैनिकको १९ औं बार्षिकोत्सवका अवसरमा यही फागुन ४ गते आयोजना गरिने बिशेष कार्यक्रमकाबीच बितरण गरिनेछ ।

कृपा दैनिकले २०६६ सालबाट  पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको पिताको नाउँबाट चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कार स्थापना गरेको हो भने पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायको धर्मपत्नी उमा(जानकी)देवी को नाउँबाट २०७२ सालबाट स्वर्गीय उमा(जानकी)देवी स्मृति कृयाशिल पत्रकारिता पुरस्कार स्थापना गरेको हो । यी दुबै पुरस्कार नवजजान कल्याणकारी कोषबाट संचालित छन् । कृपा दैनिक पत्रिकाले स्थापना गरेको यो पुरस्कार राश िमोफसलकै ठूलो धनराशीको भएको बताइएको छ ।