२० मिनेटको सिनलाई ७ करोड खर्च

मुम्बई (एजेन्सी) ।

बलिउडका चलचित्रमा सयौं करोड लगानी गरिएको हुन्छ । विश्वब्यापी प्रदर्शनमा आउने भएकाले पनि बलिउडमा चलचित्र निकै मिहिनतका साथ निर्माण गरिन्छ । साथै बलिउडका स्टारलाई लिएर बनाइने चलचित्रमा झनै मेकिङमा खर्चिलो हुन्छ । यसैबिच स्टार सलमान खानको नयाँ चलचित्र ‘राधेः योर मोस्ट वान्टेड भाई’ को निर्माण घोषणा भैसकेको छ ।

सालमानको यो चलचित्रका लागी पनि निकै खर्च गरिएको भारतीय मिडियामा उल्लेख छ । सलमानले यो चलचित्रमा ‘वान्टेड’ भन्दा पनि खतरनाक एक्सन हुने बताएर एक्साइटमेन्ट क्रिएट गरेका छन् । भारतीय मिडियाका अनुसार, फिल्मको क्लाइमेक्समा ठूलो रकम खर्च गरिँदैछ ।

बम्बे टाइम्सको रिपोर्टका अनुसार, अभिनेता सलमान खानको ‘राधे’ को क्लाइमेक्समा हेभी भीएफएक्स टेकनिक प्रयोग गरिनेछ । चलचित्रका मेकर्स त्यही टेकनिक अपनाउँदैछन्, जुन ‘बाहुबली’ को दुई सिरिजमा प्रयोग गरिएको थियो । प्राप्त जानकारी अनुसार, फिल्मको २० मिनेटको एक्सन सिक्वेन्समा साढे ७ करोड भारतीय रुपैयाँ खर्च गर्न सलमानले अनुमति दिएका छन् । चलचित्र यो वर्षको अन्त्यमा रिलिज हुनेछ ।

‘राधे’ को एक्सन सिक्वेन्समा अभिनेता द्वय सलमान खान र रणदीप हुड्डा भिडन्त गर्दै देखिनेछन् । भारतीय मिडियाका अनुसार, क्रोमामा सुट गर्न यति महँगो पर्छ कि यो ठूलो मेकर्सले मात्र प्रयोग गर्न सक्छन् । यसमा जुन प्रकारको लाइट्सको प्रयोग हुन्छ, त्यो निकै महँगो पर्छ । त्यस्तै, भीएफएक्समा ब्याकग्राउन्डको डिजिटली हटाइन्छ र जुन ब्याकग्राउन्ड आवश्यक पर्छ त्यो राखिन्छ ।

‘राधे’ सन् २००९ मा आएको प्रभुदेवा निर्देशीत चलचित्र ‘वान्डेट’ को सिक्वेल बताइएको छ । चलचित्रमा सलमानको अपोजिटमा अभिनेत्री दिशा पाटनी देखिँदैछन् । प्रभुदेवाले निर्देशन गरिरहेको यो चलचित्रमा सलमान प्रहरीको भूमिकामा छन् ।