फ्राइडे रिलिजः हलमा दि कर्मा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आज (शुक्रबार)बाट नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । सातामा दुई देखी चार नेपाली चलचित्रसम्म प्रदर्शन हुँने नेपाली चलचित्र क्षेत्रमा पछिल्लो केहि महिना यता सातामा एक चलचित्रपनि मुस्किलले प्रदर्शन भइरहेका छन् । माघ महिनाबाट नेपाली चलचित्रमा सातामा एक नेपाली चलचित्र भएपनि देखिन थालेका छन् । नेपाली हलमा बिदेशी चलचित्र भने टुटेका हुँदैनन् ।

आजबाट नेपाली चलचित्र ‘दि कर्मा’ प्रदर्शनमा आएको छ । ‘दि कर्मा’ यो साता ‘क्युएफएक्स चेन’मा प्रदर्शन भएको एक्लो नेपाली चलचित्र हो । अन्य नेपाली चलचित्र यो साता प्रदर्शनमा आएका छैनन् भने बलिउड चलचित्र ‘जवानी जानेमन’ पनि प्रदर्शनमा आएको छ । यसरी एक बलिउड चलचित्रसँगै प्रदर्शनमा आउँदा ‘दि कर्मा’ले कम प्रतिस्पर्धा गर्ने भएको छ ।

‘दि कर्मा’ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी प्रमाणपत्र पाइसकेको छ ।सेन्सर बोर्डका पदाधिकारीहरुले चलचित्र हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी पिजी प्रमाणपत्र दिएका हुन् । यो चलचित्रमा करण वर्मा, नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय छ । करण भारतिय कलाकार भएका कारण पनि यो चलचित्र धेरैले चासोपूर्वक हेरेका छन् ।

चलचित्र नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा आधारित भएर निर्माण भएको बताइएको छ । देव कुमार श्रेष्ठ निर्देशीत चलचित्रको ट्रेलर र गीत सार्वजनक भइसकेको छ । तर चलचित्रनगरीमा यो चलचित्रको चर्चा गज्जबको देखिदैन । मध्यम चर्चा भएको यो चलचित्रले ब्यापार कस्तो गर्छ भन्नेमा निर्माण टिम स्वयम पनि अन्योलमा छ । पछिल्लो केहि महिना यता प्रदर्शनमा आएका सबैजसो चलचित्रले लगानी समेत उठाउन नसकेको अवस्थामा यो चलचित्रले बम्पर ब्यापार गर्छ भन्न सकिदैन । यो चलचित्रलाई ‘क्युएफएक्स चेन’ले प्रदर्शनमा पहिलो दिन अर्थात आज १० शोज मात्र दिएको छ । तर सँगै प्रदर्शनमा आएको बलिउड चलचित्रलाई ३२ शोज दिइएको छ । यदि ‘दि कर्मा’ले पहिलो दिनमा राम्रो ‘माउथ पब्लिसिटी’ पायो भने दोस्रो दिनमा शोज बढ्ने अनुमान लगाउन सकिन्छ । अन्यथा शोज घट्ने पक्का छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् ।