दीपिकाले द इन्टर्न बनाउने

मुम्बई (एजेन्सी) ।

अभिनेत्री दीपिका पादुकोणले २०१५ मा रिलिज भएको हलिउड फिल्म ‘द इन्टर्न’को हिन्दी रिमेक निर्माण गर्ने घोषणा गरेकी छन् । दीपिकाको होम प्रोडक्सनमा निर्माण हुन लागेको यो चलचित्रमा दीपिका र ऋषि कपूरको सहकार्य रहनेछ ।

‘फिल्म इन्टिमेट रिलेसनसिपमा आधारित छ । म लाइट र कमेडी ड्रामाको खोजीमा थिए र यो फिल्मको कहानी यसमा मिल्छ। म यस फिल्मको छायांकन शुरु गर्न निकै आतुर छु ।’ दीपिकाले भनेकी छिन् । हलिउड फिल्म ‘द इन्टर्न’मा एन हाथवे र रोबर्ट डी नीरो मुख्य भूमिका थिए । यसको हिन्दी रिमेकमा रहने पूर्ण कास्ट र क्रुको बारेमा भने घोषणा गरिएको छैन ।

चलचित्रमा दीपिकाकै सह निर्माण रहने छ । यसअघि उनले ‘छपाक’ निर्माण गरेकी थिइन् । तर ‘छपाक’ले भारतीय बक्स अफिसमा राम्रो व्यापार गर्न सकेन । ‘द इन्ट्रन’को हिन्दी रिमेक २०२१ मा रिलिज हुने बताइएको छ ।