कामको आधारमा सेलिब्रेटी मान्छुः विपिन कार्की

गोपिकृष्ण चापागाईं/ माघ, काठमाडौं ।

नेपाली चलचित्रको पछिल्लो समयका अत्यधिक रुचाइएका अभिनेता हुन् विपिन कार्की । उनले काम गरेको सबैजसो चलचित्र ब्यवसायिक र समिक्षक हिसाबले सफल छन् । उनले काम गरेका हरेक चलचित्रका पात्र दिमागमा क्लिक हुन्छन् ।

पछिल्लो समय विपिनको कामकै कारण नेपाली चलचित्रको बजार पनि फराकिलो हुँदै गएको छ । नेपाली चलचित्रलाई हेर्ने दृष्टिकोण फेरिएको छ । बिदेशी चलचित्रमा जस्तो विपिनका चलचित्रमा पनि नेपाली दर्शकको ओइरो लाग्छ । सिंगो चलचित्र सफल हुनुमा एक सेलिब्रेटीको ठूलो भूमिका हुन्छ । विपिनकै कारण पनि धेरै चलचित्र सफल भएका छन् । हरेक चलचित्रमा फरक भूमिकामा काम गर्न रुचाउने विपिनले सेलिब्रेटी भनिने शब्दमा फरक मत राख्छन् । उनले हल्ला र नामको आधारमा सेलिब्रेटी नभई कलाकारको कामको आधारमा सेलिब्रेटी मानिनुपर्ने तर्क राख्छन् ।

‘चिटिक्कको लुगा लगाउँदैमा र गाडीमा हिड्दैमा सेलिब्रेटी मान्न सकिदैन । उनले कस्तो काम गरेको छ त्यसको सम्मानमा दिइने शब्द हो सेलिब्रेटी ।’

‘यहाँ सेलिब्रेटी को अर्थलाई बिभिन्न तरिकाले लिएको पाउँछु । मैले एउटा कलाकारको कामको आधारा सेलिब्रेटी मान्छु । चिटिक्कको लुगा लगाउँदैमा र गाडीमा हिड्दैमा सेलिब्रेटी मान्न सकिदैन । उनले कस्तो काम गरेको छ त्यसको सम्मानमा दिइने शब्द हो सेलिब्रेटी ।’ विपिनले भने । ‘यदि राम्रो काम गर्ने कलाकार छ तर बाहिर टिपटप भएर हिड्दैन, साधारण भेषमा हिड्छ भन्ने त्यसलाई सेलिब्रेटी नमान्ने भन्ने हुँदैन ।’

विपिनले आफूलाई अरुले सेलिब्रेटी मान्दैमा तडकभडक गरेर हिड्न नरुचाउने बताउँछन् । उनी भन्छन् ‘अरुले के गर्छन् भन्नेमा विश्वास राख्दिन मलाई भने स्टारडम देखाउनुपर्छ जस्तो लाग्छ । मेरो सन्दर्भमा देखावटी हिजो पनि गरिन र आज पनि गरेको छैन ।’

विपिन अभिनित ‘सेल्फि किङ’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यस चलचित्रमा उनी एक हाँस्य कलाकारको भूमिकामा देखिदैछन् । एक कलाकारको तीनदिनको कार्यलाई चलचित्रमा उतारिएको छ । अभिनेता विपिन कार्कीको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् ।

सार्वजनिक ट्रेलरमा विपिनको फरक लुक्स देख्न सकिन्छ । ट्रेलर हेर्ने दर्शकले पनि उनको अभिनय तथा नयाँ लुक्सलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिएका छन् । विशाल सापकोटा निर्देशीत यो चलचित्रमा दिनेश राउत र सुवास थापाको लगानी रहेको छ । प्रवल कोइराला र राजेश बिसुराल चलचित्रका सहनिर्माता हुन् ।

सुशन प्रजापतिको छायांकन र जीवन थापाको सम्पादन रहेको यस चलचित्रमा निर्मल कुमार लामाको कोरियोग्राफी छ । अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, बलदीप राई, अमितेष शाहलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Video Interview: Click Here