पयर्टनलाई जोड दिदै नेफ्टा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पछिल्लो समय नेपाली चलचित्र तथा गीतसंगीतका अवार्ड नेपाल भन्दा बाहिरी देशमा बढी हुन थालेका छन् । नेपाली चलचित्र तथा गीतसंगीतलाई बिदेशी भूमिका पु¥याउनका लागी अवार्ड समारोह बिदेशी भूमिका गरिने भनिएता पनि बिदेशी बजारमा नेपाली चलचित्र तथा गीतसंगीतले कुनै स्थान पाउन सकेको छैन । सिमित ठाउँ र सिमित नेपाली दर्शककै माझ अवार्ड बाँडिने भएकाले बिदेशी भूमिका गर्नु कुनै औचित्य देखिएको छैन ।

यसैक्रममा गएका संस्करणमा बिभिन्न देशमा अवार्ड आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्ड यसबर्ष भने नेपालमै हुँदैछ । दशौं संस्करणको नेफ्टा अवाड यसबर्ष काठमाडौंको टुँडिखेलमा आउँदो चैत २२ गते हुने भनिएको छ । जसको उत्कृष्ट पाँच मनोनयन छनोटको लागीसहभागिताको लागी दर्ता भएका चलचित्रहरु बुधबारबाट हेर्नेक्रम सुरु गरिएको छ ।

आयोजक नेपाल चलचित्र प्राविधिक संघ र ड्रिम हाइ नेपाल प्रा.लि.ले यसबर्ष नेपाल भ्रमण बर्ष २०२० लाई बिशेष ध्यान दिने भएको छ । सरकारले पयर्टन भित्राउने उद्देश्यले ल्याएको यो अभियानलाई अवार्ड समारोहले पूर्ण रुपमा सहयोग गर्ने बताइएको छ । टुँडिखेलमा अवार्ड समारोह आयोजना हुँदै गर्दा नेपालका बिभिन्न पर्यटकिय क्षेत्रको परिचय खुल्ने बृत चित्र तथा तस्बिरहरु देखाइने बुझिएको छ । अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जोन) ले भने, ‘चलचित्र पर्यटनले मात्रै सरकारको अभियान र उद्देश्य सफल हुन्छ भन्ने हाम्रो बुझाई हो ।’ राष्ट्रिय पर्यटन प्रवर्धनमा महत्वपुर्ण हिस्सा मानिने चलचित्रसँग जोडिएको संस्थाले गर्न लागेको यो कार्यक्रममा नेपाल सरकार र पर्यटन सम्वद्ध सम्पुर्ण निकाय तथा आम नेपालीको साथ र सहयोगको अपेक्षा नेफ्टाले गरेको छ ।’

अवार्ड समारोहमा कुल ३७ विधा समावेश छन् । जहाँ ३२ विधा प्रतिस्पर्धामा रहनेछन् भने अन्य विधाको बिजेता जुरी र आयोजकले तय गर्नेछ । पहिलोपटक काठमाडौंको विरेन्द्र अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्रमा (हालको संसद भवन) सम्पन्न भएको नेफ्टा फिल्म अवार्ड त्यसयता क्रमशः नेपालसँगै मलेशिया, हङकङ, कतार र युएईमा सफलताका साथ सम्पन्न भइसकेको छ ।