दयाहाङ ‘नीरफूल’को पोस्टर यस्तो बन्यो

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">नयाँ चलचित्र&nbsp; ‘नीरफूल’को पोस्टर सार्वजनिक गरिएको छ । आउँदो फागुन ३० गतेबाट देशभर प्रदर्शन हुने यो चलचित्रको निर्माण टिमले&nbsp; चारवटा पोस्टर सार्वजनिक गरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित चलचित्र संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ । रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भुकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको छ । चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भुमिकामा रहेको बताइएपनि पोस्टरमा भने उनी समेटिएकी छैनन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति पनि फिल्ममा समेटिएको उनको दावी छ ।</p><p style="text-align: justify; ">चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । चलचित्रको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।&nbsp;</p><p style="text-align: justify; ">निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको चलचित्रको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।</p>