बिहे फापेन भन्नेका लागी वर्षाको जवाफ

आर्टिष्ट खबर/ माघ, काठमाण्डौ ।

नायिका वर्षा राउतले बिहे गरेको आठ महिना पुगिसकेको छ । बिहेअघि धमाधम एकपछि अर्को चलचित्रमा काम गरेकी वर्षा बिहेपछि आठ महिना चलचित्रमा देखिइनन् । उनले त्यो बिचमा आएका चलचित्रका अफर पनि अस्विकार गरिन् । राम्रो स्क्रिप्ट र टिमको पर्खाइमा रहेकी वर्षालाई केहि चलचित्रकर्मि र धेरै सञ्चारकर्मिको एउटै प्रश्नले हैरान बनायो, त्यो हो, ‘वर्षा जी नयाँ फिल्म कहिले आउँछ ?’

यसका साथै वर्षाले एकसाथ दुई चलचित्रमा काम गर्न हस्ताक्षर गरेकी छिन् । आउँदो माघ महिनामा छायांकन सुरु हुने नयाँ चलचित्र ‘२ नम्बरी’मा पनि उनले काम गर्ने भएकी छिन् । यो चलचित्रमा पल शाहसँग उनको जोडी बाँधिने छ भने फेरी अर्को नयाँ चलचित्र ‘के घर के डेरा’मा अनुबन्धित भएकी छिन् । पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्देशीत ‘के घर के डेरा’ को नाम सापटी लिएर सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको चलचित्रको औपचारिक घोषणा कार्यक्रममा नायिका वर्षाले सञ्चारकर्मिहरुको प्रश्नको उत्तरकै लागी दुई चलचित्रमा काम गर्न लागेको भन्ने जवाफ दिइन् । उनले भनेकी छिन् ‘जजसले आठ महिना भइसक्यो फिल्म कहिले आउछ भन्नुहुन्थ्यो उहाँहरुको जवाफका लागी चलचित्र गरेकी हुँ ।’

सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण टिमले ‘कास्ट एण्ड क्रू’ सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो । चलचित्रमा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहने भएको छ । यसअघि उनीहरुले फिल्म ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।

‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह(निर्मातामा रहेका छन् । ‘हरि’ फिल्मका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको फिल्मको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।

काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्र दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन् । यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने फिल्ममा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । चलचित्र रोहित(रत्न (आरआर) ले वितरण गर्दैछन् ।

‘के घर के डेरा’ निर्देशक आचार्यको तेस्रो प्रोजेक्ट हो । यसअघि उनले ‘अर्धकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए भने दर्जनौँ हिट गीतको भिडियो समेत निर्देशन गरेका छन् ।

(समाचार हिमालय टाइम्समा प्रकाशित छ)