‘सेन्टी भाइरस’ बिदेशमा देखाउन १ करोड १५ लाखमा बिक्री

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> चलचित्र ‘सेन्टी भाइरस’ बिदेशमा प्रदर्शन गर्ने अधिकार अमेरिकाको नेप्सिने कम्पनीले लिएको छ । उक्त कम्पनीले विदेश राइट्सका लागी मात्र १ करोड १५ लाखमा खरिद गरेको हो ।<br></p><p style="text-align: justify; ">गौतम वुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माण स्थलमा सुविहानी फिल्मस्को तर्फबाट कलाकार सिताराम कट्टेल र नेप्सिने कम्पनी नेपालका प्रमुख विधान कार्की्विच सहमती भएको छ । यो चलचित्रको मुनाफाको ५० प्रतिशत रकम क्रिकेट रंगशाला निर्माणमा खर्च गरिने यसको निर्माणपक्षले बताइसकेको छ ।</p><p style="text-align: justify; ">चलचित्र रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रले नेपालका गाउँमा हुने पारिवारिक राजनीतिको कथालाई उठान गरेको छ । यो चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।&nbsp;</p>