५० हजारमा टुंगियो साङ्लो विवाद

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र साङ्लोमा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’बोलको गीतको विवाद टुंगिएको छ । शब्द चोरिएको भन्दै गएको शुक्रवार निर्देशक सुदीप भुपाल सिंहले प्रहरीमा उजुरी दिएपछि दुईपक्ष बिच विवाद सुरु भएको थियो । यो गीतको शब्द आफूले लेखेको तर जानकारी विनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै उनले उजुरी दिएका थिए ।

बुधबार संगीतकार सुरेश अधिकारी र निर्देशक सुदीप भुपाल सिंहबीच यूट्युबमा ‘झ्याम्मै आँखा झ्याम्मै…’ गीतमा दुवैको नाम गीतकारमा राख्ने गरि विवाद सल्टिएको हो । निर्देशक सुदीपले क्षतिपूर्ति स्वरुप आफूले ५० हजार १ रुपैयाँ पाएको बताए । बुधबार पत्रकारसँगको भेटमा उनले कानुन अनुसार पाएको क्षतिपूर्तिको रकममध्ये एक रुपैयाँमात्र आफूले घर लिएर जाने बताए ।

उनले आफूले पाएको ५० हजार स्वर्गीय केशव भट्टराईको परिवारलाई हस्तान्तरण गर्ने र बाँकी एक रुपैयाँ घर लिएर जाने बताए । मंगलवार अभिनेता विराज भट्टले पत्रकार सम्मेलनमा ठूलो रकम मागेर आफूमाथि ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको भन्ने आरोपबारे पनि निर्देशक सिंहले मुख खोलेका छन् । उनले आफूले ‘ब्ल्याकमेलिङ’ गरेको भए कानुनी सजाय भोग्न तयार रहेको बताए ।

अभिनेता विराजले, निर्देशक सिंहले १०,२० लाख मागेर ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको आरोप लगाएका थिए । तर, निर्देशक सिंहले आफूले त्यति ठूलो रकम आफूले माग नगरेको दाबी गरे । संगीतकार अधिकारीले पनि निर्देशक सिंहले त्यति ठूलो रकम माग गरेको आफूले नसुनेको बताए । प्राविधिक त्रुटीका कारण गीतकारमा निशान भट्टराईको नाम पर्न गएको उनको भनाई छ ।