गीता केशरी र पद्मावती पुरस्कृत

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

वाङमय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट नेपाली उपन्यास र कथा साहित्यमा सक्रिय साधकहरू गीता केशरी र पद्मावती सिंहलाई संयुक्त रूपमा ‘नेपाली साहित्य नारीरत्न’ पुरस्कार प्रदान गरिएको छ । उक्त पुरस्कार ताम्रपत्रका साथै एक लाख रूपियाँ नगद राशी सहितको रहेको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा त्रिमूर्ति निकेतनले समाजका विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको हो । साथै डा.तारानाथ शर्मालाई एक लाख रूपियाँ राशिसहित बालकृष्ण सम पुरस्कार प्रदान गरियो । कार्यक्रममा कलाकार राजन काफ्ले, समाजसेवी द्वय गोपाल महर्जन र चिनयाँराज श्रेष्ठलार्ई ‘सत्यमोहन जोशी शताब्दी पदक’ प्रदान गरियो ।

सोही अवसरमा मोहनकृष्ण सापकोटा रडण्डुराज घिमिरेलाई त्रिमूर्ति सम्मान प्रदान गरिएको थियोे । कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले प्रा.डा.वासुदेव त्रिपाठीबाट लेखिएको ‘नरेन्द्रराज प्रसाईको जीवनी कृति मेरी आमा भागीरथा प्रसाई ः समीक्षात्मक विमर्श’, नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईबाट सम्पादित ‘राष्ट्र कविको सय वर्ष’, नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘शताब्दी पुरूषको सय वर्ष’ र ‘मेरी आमा भागीरथा प्रसाई’ नामक जीवनी कृतिको लोकार्पण गरेका थिए ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा.डा.उषा ठाकुर, प्रा.डा.वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, प्रा.राजेन्द्र सुवेदी, प्रा.ठाकुर पराजुली, प्रा.डा.गार्गी शर्मा, मदनदास श्रेष्ठ, यादव भट्टराई र त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाई बोलेका थिए । कार्यक्रममा त्रिमूर्ति निकेतनकी कोषाध्यक्ष उषा शेरचनले कविता वाचन गरेकी थिइन् ।