निर्माणाधिन रंगशाला भित्र ‘सेन्टि भाइरस’को गीत सुटिङ

आर्टिष्ट खबर/ माघ, चितवन ।

सुबिहानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र सेन्टि भाइरसको प्रमोशनल गीतको छायांकन गरिएको छ । यहि आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा सेन्टि भाइरसको प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले पार्टि जिताइदे बोलको गीतको सोमबार छायांकन गरिएको हो । चितवनको भरतपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा छायांकन गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार कुन्जना घिमिरे, सन्दिप क्षेत्री, विल्सन बिक्रम राईलाई देख्न सकिनेछ ।

भिडियो चलचित्रका लेखक दीपक आचार्यले निर्देशन गरेका छन् । भिडियोमा राजनितिक पार्टिको प्रचार तथा दुईपार्टि बिचको झैझगडालाई देखाइएको छ ।  चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सहनिर्माता फूर्पा लामा हुन् ।

कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन् । यो चलचित्रको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । कलाकार सितारामले फिल्म हेर्न काटेको टिकटको रकम रंगशाला निर्माणमा सहयोग हुने भएका कारण सम्पूर्ण नेपालीलाई चलचित्र हेर्न आग्रह गरेका छन् ।