वास्तविक घटनाबाट प्रेरित ‘धुलो’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यहि फागुन १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘धुलो’को प्रचार कम सुनिन्छ । स्टार कलाकारको हिसाबले पनि यो चलचित्र अगाडी छैन । तर पनि फरक बिषयवस्तु र मेकिङको हिसाबमा थोरैधेरै प्रचार हुँदैछ ।

मंगलबार सार्वजनिक ट्रेलरले युट्युवमा लाखौं भ्युज नपाएपनि हेर्नेले सकारात्मक प्रतिक्रिया दिएका छन् । नेपाल टेलिभिजनमा बरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत संचारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको यो चलचित्र राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मज्दुरको वास्तवीक जीवनशैली, सपना, संघर्ष र अबस्थाको बिषयमा निर्माण गरिएको बताइएको छ । ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवालाई बिशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरुबाट प्रेरित भएको बताए । उनले लामो समयको संचार र फिल्मकर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनीक नभइ यथार्थ जीवनका कथामा बुनीएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दावी गरिन् ।

दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । केशब मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रबिन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शंकर थापा र जुगल डंगोलको संगीत, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ ।