ओएसआर डिजिटलसँग मिलेर फिल्म बनाउने गृहकार्यमा टंक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक तथा संगीतकार टंक बुढाथोकी चलचित्र निर्माण गर्ने गृहकार्यमा जुटेका छन् । नेपालको ठूलो चलचित्र तथा म्युजीक खरिद कम्पनी ओएसआर डिजिटल र टंकको सहकार्यमा नयाँ चलचित्र निर्माणका लागी दुई पक्षिय पहिलो मिटिंग भएको जानकारी प्राप्त भएको छ ।<br></p><p style="text-align: justify; ">स्रोतका अनुसार चलचित्रको नाम टंकको लोकप्रिय गीत 'मन बिनाको धन ठुलो कि धन बिनाको मन'बाटै राख्ने तयारी भइरहेको छ । उक्त गीतका बाल गायक अशोक दर्जिको पनि यस चलचित्रमा भूमिका रहने बुझिएको छ । बिहीबार मात्रै टंकले सामाजिक सञ्जाल फेसबुकमा ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवालसँगको भेटको तस्बिर पोष्ट गरेका छन् । जहाँ टंकले 'बिशेष भेट बिशेष तयारीका लागी बिशेष रह्यो' लेखेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">केहिबर्ष यता गायक तथा संगीतकार टंकले बाल गायक अशोक दर्जीलाई संरक्षण दिँदै आएका छन् । 'मन बिनाको धन ठुलो कि धन बिनाको मन' बोलको गीत अत्यधिक हिट भइसकेपछि अशोक र टंकका छोरा एआर बुढाथोकीको स्वरमा अन्य केहि गीत पनि आएका छन् । जुन लोकप्रिय छन् । चलचित्रका निर्देशक तथा अन्य कलाकार बारे भने खुलेको छैन ।&nbsp;</p>