सकियो जयको अन्त्यहिन यात्रा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कलाकार जय शंकरसन श्रेष्ठको तेस्रो एकल प्रदर्शन सकिएको छ । ठमेलस्थित दलाइ–ला आर्ट स्पेसमा एक महिनादेखी प्रदर्शन भइरहेको यस प्रदर्शन शनिबार सकिएको हो । प्रदर्शनीमा मानव जीवनका सुखान्त र दुखान्तका घटनालाई कलात्मक रुपमा चित्रण गरिएको छ ।

‘अन्त्यहिन यात्रा’ शीर्षकमा गरिएको प्रदर्शनीमा कलाकार श्रेष्ठले जीवन र जगतका साश्वत सत्य र विभिन्न परिघटनालाई क्यानभासमा चित्रण गरेका थिए । श्रेष्ठले कुमालेको चक्रजस्तै घुमिरहने जीवनमा कहिले सुख त कहिले दुःखका परिघटनाहरु चलिरहन्छन्, तिनलाई सिर्जनात्मक दृष्टिबाट क्यानभासमा उतार्ने काम गरेको सुनाए । उनले आफ्ना सिर्जनाका विषयमा भने, ‘मैले साँखु वरिपरिकै विषयलाई कलाको थिमका रुपमा लिएको छु । जसमा संस्कृति, प्रकृति, सुख दुःख, जीवनयात्रा, लगायतका विषयलाई प्रस्तुत गरेको छु ।’

उनले प्रकृति,संस्कृति, जीवन र जगत, आरोह अवरोह तथा यावत मानवीय गतिविधि सबै अन्त्यहिन रहेको जिकिर गर्दै कलामा तिनै विषयलाई प्रस्तुत गरेको सुनाए । ०७२ सालमा आएको विनाशकारी भूकम्प र त्यसको कहरले निम्त्याएको दुःखान्त विषयलाई समेत कलाकार श्रेष्ठले मार्मिक रुपमा उठाएका थिए ।