हलिउडका लागी दीपिकाको शर्त

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री दीपिका पादुकोण हलिउडमा पनि काम गर्दै आएकी छिन् । हलिउडमा पनि उनी लोकप्रिय छिन् । बलिउडका अधिकांश कलाकारहरु हलिउडमा काम गर्न लालाहित हुन्छन् । तर दीपिकाले भने अब हलिउडमा काम गर्न शर्त ल्याएकी छिन् ।

दीपिकाले हलिउडमा काम गर्न सुहाउँदो र शक्तिशाली भूमिका हुनुपर्ने बताएकी छिन् । राम्रो कथा र प्रभावशाली भूमिका पाए हलिउडमा काम गर्न सकिने उनको भनाई छ । उनले हलिउड जानकै लागि तछाडमछाड नगर्ने स्पष्ट पारेकी छिन् ।

दीपिकाले भारतीय मिडियासँगको कुराकानीमा भारतीय वा हलिउड जुन बजार भए पनि आफ्नो लागि उपयुक्त हुने भूमिका र कथा भए काम गर्न सकिने बताएकी छिन् । ‘हलिउड मात्र होइन अन्य देशका फिल्ममा पनि काम गर्ने अवसर पाए भने त्यो मेरो लागि गर्वको कुरा हो ।’

दीपिकाले विन डिजलसँग सन् २०१७ मा ‘एक्सएक्सएक्स ः रिटर्न अफ जेन्डर केज’मा काम गरेकी थिइन् । अब हलिउडमा काम गर्ने प्रश्नमा दीपिकाले भनिन्, ‘मैले जेन्डर केजमा प्रभावशाली भूमिका पाएकाले काम गरेकी थिए । सबै कुरा फिल्मको चरित्र र भूमिकामा निर्भर हुन्छ। म हरेक समय हलिउड फिल्ममै काम गर्नुपर्छ भन्ने माग राख्दिन्। चाहे भारत होस वा संसारको कुनै पनि कुना, म मात्र राम्रो सामग्री (कथा)को खोजीमा रहन्छु ।’