क्यान्सर अस्पताल निर्माणमा श्वेता

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

अभिनेत्री श्वेता खड्का क्यान्सर अस्पताल निर्माणमा लागेकी छिन् । उनीसहित क्यान्सर रोग विशेषज्ञ डाक्टरहरुको समुहले गोदावरी नगरपालिकाको छम्पीमा निर्माण गर्न लागेको नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरको सोमवार शिलन्यास गरियो । दुईबर्ष भित्रमा अस्पतालको निर्माण पुरा गरिने बताइएको छ ।

अभिनेत्री श्वेताले दुईबर्ष अघि चलचित्र ‘कान्छी’मा अभिनय गरेकी थिइन् भने त्यसपछि चलचित्रमा देखिएकी छैनन् । उनले श्वेता श्री फाउण्डेशनको तर्फबाट सरकारसँग मिलेर सिन्धुपाल्चोकमा एकिकृत बस्ती निर्माण पनि गरिरहेकी छिन् ।

क्यान्सरबाट श्रीमान् श्रीकृष्ण श्रेष्ठ र भिनाजु गुमाएकी श्वेताले क्यान्सर अस्पताल निर्माणमा आफू पनि जोडिन पाएकोमा खुसी व्यक्त गरिन् । नेपालमा उत्कृष्ट क्यान्सर अस्पताल बनाउन आफ्नो टिमले कुनै कसर नछाड्ने बताउँदै उनले भनिन्, ‘क्यान्सर अस्पताल निर्माण गर्ने मेरो ५ वर्षदेखिको धोको हो । अब, त्यो पूरा हुने बाटोमा छ ।’ उनका अनुसार, यो अस्पताल सय शैय्याको बन्नेछ ।

अस्पताल निर्माण भएपछि क्यान्सर पीडितलाई न्यून पैसामा उपचार गर्ने उनको भनाई छ । अभिनेत्री श्वेताले अस्पताल निर्माणका लागि सबैसँग सहयोगको अपिल पनि गरिन् । क्यान्सरसँग लडिरहेका तर उपचार गर्न पैसा नभएकाहरुलाई सहयोग गर्न आफू क्यान्सर अस्पताल निर्माणमा जोडिएको उनी बताउँछिन् । पैसा कमाउन अस्पताल निर्माण गर्न नलागेको पनि उनले बताइन् ।

क्यान्सर भएपछि निको हुँदैन भन्ने सोच्नेलाई अभिनेत्री मनीषा कोइरालाको उदाहरण दिँदै अभिनेत्री श्वेताले थपिन्, ‘यो क्यान्सर अस्पतालसँग मनीषा कोइराला पनि जोडिनुभएको छ । क्यान्सर भन्ने वितिक्कै हामी सबै होपलेस हुन्छौं । निको हुँदैन भन्ने सोच्छौं । तर, हामीसँग सबैभन्दा ठूलो उदाहरण मनीष दिज्यू हुनुहुन्छ । यो अस्पतालले क्यान्सर हुनभन्दा नहुन जनचेतना फैलाउनेछ ।’

श्वेता अस्पतालले व्यवसायिक रुपमा नभई मानवीय रुपमा सेवा दिनुपर्ने पक्षमा छिन् । त्यसैले उनी यस सामुदायिक अस्पताललाई अस्पतालको भवनको रुपमा होइन क्यान्सर पीडितहरुको घरको रुपमा स्थापित गर्न चाहन्छिन् ।