‘नीरफूल’को सकारात्मक सोच

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपालको सानो चलचित्र बजारमा आफ्नै चलचित्रसँग अर्थात नेपाली चलचित्रसँगै प्रदर्शनमा जुधिरहेका हुन्छन् । सातामा दुईदेखी चार चलचित्रसम्म प्रदर्शन भइरहेका हुन्छन् । बर्षमा सय बढी चलचित्र निर्माण हुँदै गर्दा केहि राम्रा मितिमा जुध्नु स्वभाविकै होला तर धेरैजसो जुधेकी देखिन्छ । यसैबिच यो ट्रेनलाई भने यहि फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको नेपाली चलचित्र ‘नीरफूल’ले परिवर्तन गरेको छ ।

नेपाली चलचित्र नेपाली चलचित्रसँगै जुध्नु राम्रो होइन भन्ने कारण दिदै चलचित्रका निर्देशक फूलमान वलले आउँदो चैत ३ गतेबाट चलचित्र प्रदर्शन गरिने बताएका छन् । नीरफूलले सुरुमा गएको भदौलाई प्रदर्शन टार्गेट बनाएको थियो ।

नेपाली चलचित्र क्षेत्रमा आपसी समझदारी र सहकार्यको संस्कार विकास होस् भन्ने सोच सहित चलचित्रलाई एक साता पछाडि सारिएको निर्देशक वलको भनाई छ । फागुनको ३० गते चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिजको तयारीमा रहेको छ ।

भुकम्पका कारण विछोडिएको एक परिवारको कथा प्रस्तुत गर्ने ‘नीरफूल’मा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले संयुक्त रुपमा तयार गरेका हुन् ।