बहुप्रतिक्षित ‘प्रेम गीत ३’ को टिजर यस्तो बन्यो (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यसबर्षको बहुप्रतिक्षित नेपाली चलचित्र 'प्रेमगीत ३' को टिजर सार्वजनिक गरिएको छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको १ मिनेट ४५ सेकेण्ड लामो टिजरमा चलचित्रमा मुख्य कलाकार फिचर्ड छन् । युवास्टार प्रदीप खड्काको भूमिका टिजरले लगभग खुलाएको देखिन्छ ।

डेढसय बर्ष पुरानो कथामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक टिजरले दर्शकमा थप कौतोहल्ता थपिदिएको छ । यसअघि सार्वजनिक चलचित्रका क्यारेक्टर पोष्टरले दर्शकमा थप उत्सुकता जगाएको थियो । छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको यो चलचित्र राजेश श्रेष्ठले खिचेका हुन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता रहेको चलचित्रका निर्माता सन्तोष सेन हुन् । चलचित्रमा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन् । शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउतलगायतको पनि चलचित्रमा अभिनय रहेको छ ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको चलचित्रमा हिमाल केसीको एक्सन कोरियोग्राफी छ । तीन करोडभन्दा बढीको लागतमा निर्माण भएको यो चलचित्रमा डेढ सय वर्ष अगाडिको प्रेमकथा प्रस्तुत गरिएको छ ।