बुटवलमा पनि दर्शकको भिड

आर्टिष्ट खबर/ फागुन, बुटवल ।

गएको दुईसाता यता नेपाली चलचित्र हलहरुमा दर्शकको संख्या उच्च छ । गएको केहि महिना सुख्खा भएका हल अहिले भरिभराउ छन् । यसकासाथै राजधानी बाहिरका हलहरुमा पनि दर्शकको संख्या उत्तिकै छ । प्रदर्शनरत हाँस्यप्रदान चलचित्र सेन्टी भाइरसका कलाकारले बुटवल पुगेर दर्शकको प्रतिक्रिया लिएका छन् ।

गौंतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले निर्माण गरिएको सेन्टी भाइरसकी कलाकार कुञ्जना घिमिरे र स्क्रिप्ट सहयोगी अर्जुन घिमिरे दर्शकसंग चलचित्र हेर्न बुटवल पुगेका थिए । उत्साहजनक व्यापार गरिरहेको सेन्टी भाइरसका बुटवलका दर्शकलाई भेटेर प्रतिक्रिया लिँदा कलाकार कुञ्जनाले खुसी ब्यक्त गरिन् । उत्साह जनक उपस्थिती र सकारकात्मक प्रतिक्रियाले थप खुसी दिएको उनको भनाई थियो । ‘२६ वर्षसम्म नेपाली चलचित्र नहेरेका दर्शकहरु पनि सेन्टिभाइरस हेर्न हलसम्म आएको घटना हामीले पायौं ।’–हर्षित मुद्रामा कुराकानी गर्दै कुञ्जनाले भनिन् ‘दर्शकहरुको मायाले हामीलाई उत्साहित बनाएको छ । बुटवलमा कुमारवर्ती स्कुल तथा कलेजका विधार्थीले १ हजारभन्दा बढी विधार्थीले हल नै कुक गरेर चलचित्र हेरेका थिए ।

चलचित्र पत्रकार संघ रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै कलाकार अर्जुन घिमिरेले धुर्मुस सुन्तली सामाजिक सेवामा भूलेर आफ्नो मूख्य पेशा कलाकारीतालाई छोडेका छैनन् भन्नका लागि पनि सेन्टिभाइरसबाट प्रदामा आएको उल्लेख गरे ।

कलाकारीतालाई निरन्तरता दिँदै सामाजिक सेवामा लागेका धुर्मुस सुन्तलीले बनाउँदै गरेको अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि फ्लिमबाट फाइदाको ५० प्रतिशत खर्च गरिने समेत उनले जानकारी गराएका छन् । बुटवल ११ मिलनचोकमा शाखा कार्यालय रहेको कलेजका सञ्चालक वाई. बि. पौडेलले धुर्मुस सुन्तलीको सामाजिक अभियानलाई सहयोग गर्नका लागि हल बुकिङ गरिएको जानकारी गराए । यसैगरी बुटवलमै अवस्थित डिजिटल हल क्यू एफ एक्समा समे एक सोका लागि हल बुकिङ गरी यस क्षेत्रका कलाकार तथा आफ्ना विद्यार्थीहरुलाई सेन्टी भाइरस देखाइने उनले जानकारी दिएका छन् ।