भट्टराईको परिवारलाई सहयोग

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> स्वर्गीय अभिनेता केशब भट्टराईको परिवारलाई अमेरिकामा बस्दै आएका नेपाली चलचित्रका निर्देशकले सहयोग गरेका छन् । उनीहरुले एक लाख छब्बीस हजार पाँच रुपियाँ चलचित्र निर्देशक समाज मार्फत स्व.भट्टराईको परिवारलाई सहयोग गरेका हुन ।&nbsp;<br></p><p style="text-align: justify; ">निर्देशक समाजका अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदिप पराजुलीले विकास वोर्डका पुर्व अध्यक्ष तथा सहयोग संकलन समितिका संयोजक राजकुमार राईलाइ निर्देशक दिपाश्री र सञ्चारकर्मी प्रकाश सुवेदीलाई निर्देशकहरुले पठाएका रकम हस्तान्तरण गरे ।</p><p style="text-align: justify; ">अमेरिका बस्दै आएका चलचित्र निर्देशक नारायण पुरी, गोपाल चन्द्र लामिछाने, दिनेश कार्की,किशोर सुब्बा, अक्की शर्मा, यादव सिलवाल,बीबी फुँयाल र सुमन दाहाल मार्फत आएको उक्त नगद हस्तान्तरण गरिएको हो । सञ्चारकर्मी सुवेदीले यो रकम स्व.केशव भट्टराईकी पत्नीलाई प्रदान गरिने जानकारी दिए ।&nbsp;</p>