कोरोना भाइरसले रोक्ला फिल्म छायांकन ?

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

बिश्वका अधिकांश देशहरुमा महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसका कारण बिमानस्थलमा प्रत्येक बिमानयात्रुलाई तापक्रम परिक्षण गरिएसँगै नेपालमा बढी सतर्कता अपनाउन थालिएको छ । यसका साथै नेपाली चलचित्र क्षेत्रमा पनि यसले प्रभाव पार्ने देखिएकोले सर्तकता अपनाउन थालिएको छ । दर्शकहरुको भीडभाड धेरै हुने भएकोले गर्दा सिनेमा हलमा स्यानिटाइजरदेखि ह्यान्ड वाससम्मको व्यवस्था गरिएको छ ।  नेपालमा हालसम्म कोहीमा पनि कोरोना भाइरस नदेखिएकोले गर्दा सिनेमा हल जाँदा डराइहाल्नु पर्ने स्थिति नरहेको हल सञ्चालकहरु बताउँछन् । यसबीच, नेपाल चलचित्र निर्माता संघले फ्लोरमा रहेका सम्पूर्ण चलचित्रको छायांकन रोक्न आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको हो ।

निर्माता संघका महासचिव रोज राणाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेका चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ-आफ्नो चलचित्रको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’ अहिले सीमित फिल्मको मात्र छायांकन भैरहेको छ । गत वर्षको तुलानामा यस वर्ष फिल्म निर्माणमा ठूलो गिरावट आएको छ । अहिले ‘ए मेरो हजुर ४’,‘परदेशी २’ लगायतका केही फिल्मको छायांकन भैरहेको छ। चलचित्र निर्माता संघले कोरोना भाइरसको जोखिम न्युनिकरणका लागि छायांकन रोक्न आग्रह गरेपछि छायांकनरत फिल्मका निर्मातालाई ठूलो घाटा हुने देखिएको छ ।नेपालमा मात्र होइन फिल्म क्षेत्र छिमेकी देश चिनमा पुरै प्रभाव छ भने भारतमा पनि प्रभाव पर्न थालेको छ । हलिउडमा हेर्ने हो भने अप्रिलमा प्रदर्शन हुने भनिएको फिल्म ‘नो टाइम टु डाइ’ले फिल्मको प्रदर्शन मिति सारेर सात महिनापछि पुर्याएको छ । त्यस्तै बलिउडमा पनि कोरोनाको जोखिमले गर्दा सलमान खान अभिनित फिल्म ‘राधे’को थाइल्याण्ड सुटिङ रद्द गरिएको छ। नेपालमा भने हालसम्म कोरोनाको संक्रमण नदेखिएको कारण फिल्मको प्रदर्शन मितिहरु खासै परिवर्तन भने भएको छन् ।