चुप बसेका अनमोल बल्ल बोले, ‘ठगीको आरोप लागेको सुन्दा स्तब्ध भएको छु’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले गतसाता अभिनेता अनमोल केसी विरुद्ध ठगीको आरोपमा प्रहरी परिसर टेकुमा मुद्दा दर्ता गराए । केसीले ५ लाख ठगि गरेको भन्दै श्रेष्ठ र खड्गीले मुद्दा दर्ता गराएका हुन् । चलचित्र ‘धुपौरे’को लागि ५ लाख रुपैयाँ एडभान्स लिएको र  काम नगरेको भन्दै अनमोल विरुद्ध यि दुईले मुद्दा दर्ता गराएका थिए ।मुद्दा दर्ता भएको केही समय अनमोलले केही नबोलेपनि हाल भने स्पष्टिकरण दिएका छन्। ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त अनमोलले फेसबुकमा स्टाटस लेख्दै उक्त विषयमा स्पष्टिकरण दिएका हुन् ।

उनको स्टाटस यसप्रकार रहेको छ :

‘म अनमोल केसी, म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवम् सञ्चारकर्मी मित्रहरु । म फिल्म ‘ए मेरो हजुर ४’ सुटिङ्गको सिलसिलमा व्यस्त भई काठमाडौं बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुने र स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें तर म अहिले सुटिङ्गको क्रममा काठमाडौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु । करिब ३, ४ महिना पहिला ‘धुपौरे’ नामक फिल्म साइन गरेको थिए । फिल्म साइन गरे वापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु। ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । यो फिल्म साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिए । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो। मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो फिल्म बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरुले त्यही स्क्रीप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिन् । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु । अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नु हुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रीप्ट नपढी किन फिल्म साइन गरेको त रु मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रीप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो र म सुटिङ्गको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरुसँग एड्भान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।’

अनमोलले चलचित्रको स्क्रिप्ट चित्त नबुझेको कारण चलचित्र छाडेको बताएका छन् । स्क्रिप्ट सुधार गरौं भन्दा नमानेर चलचित्र छाडेको उनको भनाई छ। उनले लिएको ५ लाख एड्भान्स फिर्ता गर्ने बताएका छन् । साथैँ चलचित्र छोडेकै समय पैसा फिर्ता गर्न खोज्दा उनीहरुहरुले नलिएको अनमोलको भनाई छ ।