कोरोनाको त्रासमा कलाकारको होली

आर्टिष्ट खबर/ फागुन,काठमाडौं। गोपिकृष्ण चापागाँइ-

नेपाल र भारतका हिन्दूहरुले प्रमुख चाडको रुपमा मनाउने होली पर्व नेपालमा पनि सोमबार र मंगलबार मनाउँदैछन् । पहाडी भेगमा सोमबार मनाइएको छ भने तराईमा आज (मंगलबार) मनाइने तयारी भइरहेको छ । यो पर्व हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन् र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

यसैबिच यसबर्षको होली भने गएका अन्य बर्षजस्तो रंगिन हुन सकेको छैन, कारण विश्वमा फैलिएको कोरोना भाइरसको त्रास । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वका बिभिन्न मुलुकमा हजारौंको ज्यान लिइसकेको छ नेपालमा संक्रमित नभएपनि हरेक ठाउँमा सतर्कता अपनाउन थालिएको छ । यस भाइरस मानिसबाट मानिसमा छिटो सर्ने भएकाले यसबर्ष होली मनाउँदा ठूलो भिडभाड नगर्न सरकारको आग्रह सँगै होली प्रभावित देखिएको छ । गएका बर्षमा राजधानीको वसन्तपुर, भक्तपुर, लगनखेल लगायतका बिभिन्न ठाउँमा ठूलो भिडका साथ होली मनाइने गरिन्थ्यो तर यसबर्ष त्यो रौनक भएन ।

यसका साथै नेपाली सेलिब्रेटीहरुले पनि कोरोना भाइरसको उक्त सतर्कताका लागी होली पर्वलाई ब्यवस्थित भएर मनाएका छन् । कतिले सामाजिक सञ्जालमा तस्बिर पोष्ट गरेका छन् भने कतिले होली मनाएका छैनन् । यसैबिच केहि कलाकारहरुले आफ्नो होली अनुभव तथा कोरोना सतर्कताको बिषयमा सन्देश दिएका छन् ।

सतर्कता अपनाइयो

गायक तथा संगीतकार टंक बुढाथोकीले होली पर्व यसबर्ष साधारण तरिकाले मनाएको बताएका छन् । गएका बर्ष बिभिन्न कन्सर्टहरुमा निकै ब्यस्त हुने टंक यो बर्षको होलीको दिनमा भने घरमै परिवारसँग रमाइरहेका छन् । ‘यो बर्ष भाइरसको त्रासले पनि कन्ट्रोल गरियो । हामीले सतर्कता अपनाउनु जरुरी पनि छ ।’ टंकले भने । ‘संस्कृति बचाउनका लागी घरमा परिवारसँग् अमिर दलियो, टिका लगाइयो । बालबच्चा भएकाले रमाइलो गर्न खोज्छन् त्यसैले साधारण तरिकाले नै होली मनाइयो।’ टंकले सबैलाई सतर्कता अपनाएर होली मनाउन आग्रह समेत गरे ।

स्वास्थ्यलाई प्राथमितामा राखेँ

गएका बर्ष बिभिन्न संघसंस्थाका होली कार्यक्रममा सहभागी रहने संगीतकार सन्तोष श्रेष्ठले यसबर्ष घरमै होली मनाए । बाहिर हिड्दा बाटोघाटोमा पानीको लोला हान्ने तथा भिडभाड हुने भएकाले त्यसले पनि संक्रमण हुन सक्ने भएकाले सजगता अपनाएको उनको भनाई छ । ‘पानीको फोराले पनि रुगा खोकी लाग्न सक्छ । त्यसैले सजगता अपनाएको राम्रो भनेर परिवारसँग साधारण होली मनाइयो ।’ संगीतकार सन्तोषले भने । ‘यसबर्ष आफू पहिले स्वस्थ हुनुपर्छ भनेर स्वास्थ्यलाई प्राथमिकतामा राखेँ ।’

माछा मासु नखाने सोँच

यसबर्ष सबैतिर रौनकता नभएकै कारण डान्सर सुनिल क्षेत्रीले होली बिशेष नहुने बताए । गएका बर्ष बिभिन्न सुटिङमा ब्यस्त रहने सुनिल यसबर्ष भने आफ्नो स्थायी घर बुटवलमा छन् । सतर्कताका साथ केहि रमझम गरेर तराईमै होली मनाउने तयारी भइरहेको उनले बताए । ‘यसबर्ष कोरोना भाइसको त्रासले गर्दा भब्य तरिकाले होली नमाउने सोचमा पुगेको छु । हाम्रो देशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन खुसीको कुरा त्यो हो । यसबर्ष माछा मासु नखाने सोचमा छु । किनकी मासुका कारण पनि बिभिन्न रोगलाग्ने गरेका छन् ।’

डरले होली मनाइएन

होलीलाई बिजयको उत्सव मान्ने गायिका सर्मिला श्रेष्ठले रंगहरु जस्तै मानिसको जीवनपनि रंगिन होस् भन्दै शुभकामना दिइन् । गायिका सर्मिलाले यसबर्ष आफ्नो होली साधारण भएको बताइन् । गएका बर्षमा कार्यक्रममा ब्यस्त रहेको बताएकी उनले यसबर्ष घरमै बसेर परिवारसँग होली मनाइन्  । ‘होली दिल खोलेर मनाउनुपर्छ तर कसैलाई जबरजस्ती गर्नु हुदैन ।’ सर्मिलाले होलीबारे भनिन् । ‘यसपाली कोरोना भाइरसको डरले नै होनी मनाउन सकिएन । डब्लुएचओले नेपाललाई उच्च जोखिममा राखेको छ । सतर्कता अपनाउनु भनिरहेको छ । त्यसैले यसबर्ष धुमधामले मनाइएन ।’

प्रकृतिसँग रमाइयो

गएको बर्षजस्तै यसबर्ष पनि त्रिशुलीमा ¥याफ्टिङ गरेर होली पर्व मनाएको कलाकार स्वस्तिका लामिछाने बताउँछिन् । केहि साथीभाइमा होली मनाउनका लागी कोरोना भाइरससँग डराउनु नपर्ने उनको तर्क छ । ‘सर्तकता अपनाउनु पर्छ तर होली नै नमनाउने भन्ने होइन ।’ उनले भनिन् । ‘मानिसको भिडभाड हुने ठाउँमा हो भाइरसको संकमण बढी हुने । त्यसैले पनि प्रकृतिसँग रमाउँ भन्ने लागेर केहि साथी भाइ मिलेर त्रिशुली आएका हौं ।’

टिका मात्र लगाइयो

अहिले पोखरामा चलचित्र परदेशी २को छायांकनमा ब्यस्त रहेका कोरियोग्राफर रामजी लामिछानेले अभिरको टिका लगाएर होली मनाएको बताए । अन्यबर्ष पनि खासै होली नमनाउने रामजीले साधारण तरिकाले होली मनाउन मन पर्ने बताए। साथै पोखराको बाटो सुनसान देखेकाले कोरोना भाइरसको त्रासले धेरैले असर पारेको उनी बताउँछन् ।

परिवारसँग होली

बेली डान्सरको रुपमा परिचित बिनु शाक्यले आफूलाई मन पर्ने पर्वको लिस्टमा होलीलाई पनि राख्छिन् । गएका बर्षमा बिभिन्न कार्यक्रममा ब्यस्त रहने बिनुले यसबर्ष भने सिन्धुपाल्चोकस्थित स्थायी घरमा गएर सपरिवार होली मनाएको बताइन् । उनी भन्छिन्, ‘करिब पाँचबर्ष भएछ परिवारसँग होली मनाउन नपाएको । यसबर्ष भाइरसको त्राससँगै बिभिन्न कार्यक्रम स्थिगीत भए त्यसैले पनि परिवारसँग मनाइयो ।’

होली मन पर्दैन

लोक तथा दोहोरी गायिका अमृता सिर्पालले अन्यबर्षजस्तै होली साधारण भएको बताइन् । पहिलेदेखी नै आफूलाई रंगहरुको पर्व होली खासै मन नपर्ने भएकाले पनि यसबर्ष होली नमनाएको उनको तर्क छ । ‘कसैले जबरजस्ती कलर लगाइदिने, मन नपर्दा पनि लगाउनै पर्छ भन्ने प्रबृति भएकाले मैले होली मनाउने गरेकी छैन त्यसैले मेरो लागी भने यो बर्षका लागी कोरोना भाइरसको प्रभाव भन्न मिल्दैन ।’ अमृताले भनिन् ।

खुसी साटेर मनाऔं

लोक तथा दोहोरी गायक भिम पौडेलले साथी भाइसँग रमाइलो गरेर होली मनाएको बताए । उनले होलीमा कसैले पनि नराम्रो कार्य नगर्न आग्रह गरे । ‘हामीले गलत क्रियाकलाप गरेर गलत समाचार फैलाउने काम नगरौं, साथी भाइसँग एकआपसमा खुसी साटेर होली मनाऔं ।’ भिमले भने ।

-यो समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।