‘ए मेरो हजुर ४’ सेटमा टिमको होली मस्ती (फोटो)

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

प्रत्यक बर्ष होलीमा राजधानीका विभिन्न ठाउँमा कलाकारहरु जम्मा भई एकअर्कालाई रंग दलेर होली पर्व मनाउँने गर्दथे । नेपाल र भारतका हिन्दूहरुले प्रमुख चाडको रुपमा मनाउने होली यस वर्ष  भने रमाइलो छैन । कोरोना भाइरसको त्रासले यस वर्षको होली खल्लो रहेको छ । चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वका बिभिन्न मुलुकमा हजारौंको ज्यान लिइसकेको छ ।

नेपालमा संक्रमित नभएपनि हरेक ठाउँमा सतर्कता अपनाउन थालिएको छ । कोरोनाकै कारण सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र होली पनि नखेल्न आग्रह गरेपछि यस वर्षको होली बेरंगिन्  बनेको हो ।

अहिले पोखरामा छायांकनरत चलचित्र  ‘ए मेरो हजुर ४’ टिमले भने होली मनाएको छ। उनीहरुले एकअर्कालाई रंग मात्र लगाएर सामान्य रुपामा होली मनाउँदै सामाजिक संजाल फेसबुक तथा इन्स्टाग्राममा फोटो अप्लोड गरेका छन् । यसै बीच अनमोल केसीले आफ्नो आधिकारिक फेसबुकमा अपलोड गरेको फोटो यसप्रकार रहेको छ ।

फोटोमा चलचित्रका प्रमुख कलाकारहरु अनमोल केसी, सलोन बस्नेतसँगै सुहाना थापा र निर्देशक झरना थापालाई रंगिएको मुहार सहित सकिन्छ ।

अनमोल केसी र अभिनेत्री सुहाना थापा एकअर्कालाई रंग दल्दै गरेको देखिएका छन् । उनीहरुको साथमा अनमोलले पालेको कुकुर ‘कोको’लाई रंगिएको अवस्थामा देख्न सकिन्छ । ‘कोको’को पनि मेरो हजुर ४’ मा चलचित्रमा अभिनय रहने छ ।