अब भारतमा ‘हजार जुनीसम्म’

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

यही शुक्रवारबाट भेट्रान निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र हजार जुनीसम्म’ भारतमा प्रदर्शन हुने भएको छ। भारतको बिभिन्न क्षेत्र सिक्किम, सिलगुडी, दार्जिलिङ र कालिम्पुङ लगायतका हलहरुमा चलचित्र प्रदर्शन हुने भएको छ । सोमबार कालिम्पुङमा पत्रकार सम्मेलन गर्दै  निर्माण टिमले यसबारे जानकारी दिएका हुन् । सम्मेलनमा चलचित्रका मुख्य पात्र अभिनेता आर्यन सिग्देल, अखिलेष प्रधान, निर्माता अरुण रेग्मी र सुष्मा राई उपस्थित थिए । सुष्मा राई ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड रहेकी छिन् ।

चलचित्रको अधिकांश सिनहरु सिक्किमको रहेकाले चलचित्रले राम्रो व्यापार गर्ने सुष्माले पत्रकार सम्मेलमा बताइन् । बिषेशगरी उनले सिक्किमका दर्शकलाई चलचित्र हेर्न आग्रह गरिन् । यसैबीच आर्यनले पनि दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडीमा बसोबास गर्ने नेपालीहरुलाई चलचित्र मनपर्नेमा बिश्वस्त रहेको बताए । त्यसैगरी अखिलेष प्रधानले आफ्नो पहिलो चलचित्रमा आफ्नो अभिनयलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे ।

लभस्टोरी जनरामा निर्माण भएको यस चलचित्रमा प्रिंयका कार्की, आर्यन सिग्देल, अखिलेष प्रधान, शिवहरी पौडेल, सलोन बस्नेत, संचिता लुईंटेल, र बालकलाकार अनुभव रेग्मी लगायतको अभिनय रहेको छ । कविता रेग्मी कार्यकारी निर्माता रहेको चलचित्रमा विशाल चाम्लिङ्गको कथा समावेश छ। चलचित्रका निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ।