दशौं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला सम्पन्न, १० देशका २५० बढी कलाकारको प्रस्तुती

आर्टिष्ट खबर/ फागुन,काठमाडौं।

एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ। ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो।

मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको, श्रीलंका गरी दश देशका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । मेलामा दश देशबाट आएका दुईसय पचास भन्दा बढी कलाकारहरु उपस्थिति रहेको थियो। नेपाललगायत सबै देशका कलाकर्मीले मेलामा आफ्नो देशको लोक सांस्कृतिक नृत्य गीत प्रस्तुत गरेका थिए।

राजधानीको कान्तिपथ स्थित होटल एलो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई सम्मान प्रदान गरिएको थियो । नेपाली लोक सांस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पु¥याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृतिक झल्कने कार्यक्रमहरु स्वदेश तथा बिदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशैं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला संयोजक रामचन्द्र कोइरालाले बताए।