‘बधाई हो’ सिक्वेलमा राजकुमार र भूमी फाइनल

मुम्बई (एजेन्सी) ।

गायक तथा अभिनेता आयुष्मान खुराना अभिनित चलचित्र ‘बधाई हो’को सिक्वेल बन्ने भनिए लगत्तै चलचित्रमा मुुख्य भूमिका निर्वाह गर्ने कलाकार फाइनल भएका छन्। ‘बधाई दो’ नाम राखिएको उक्त चलचित्रमा अभिनेता राजकुमार राव र अभिनेत्री भूमि पेन्डेकर फाइनल भएका हुन्। भारतिय मिडियाका अनुसार चलचित्र निर्माणपक्षले ‘बधाई दो’ कमेडी जनरामा निर्माण गर्ने बताएका छन् । राजकुमार र भूमिले यसै चलचित्रमार्फत पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन्।

यस चलचित्रले ‘बधाई हो’को कथालाई निरन्तरता नदिएसँगै चलचित्रमा आयुष्मान खुराना पनि नरहने बताइएको छ। यससँगै चलचित्र निर्देशनमा पनि नयाँ निर्देशकको हात रहने बताइएको छ। यसअघि 'बधाई हो' लाई अमित शर्माले निर्देशन गरेका थिए भने सिक्वेल हर्षवद्र्धन कुलकर्णीले निर्देशन गर्नेछन्।

समीक्षक तथा दर्शकले निकै रुचाएको,सामाजिक विषयवस्तुलाई समेटेको ‘बधाई हो’मा आयुष्मान खुरानासँगै नीना गुप्ता, सान्या मल्होत्राको मुख्य भूमिका रहेको थियो। राष्ट्रिय अवार्ड समेत हात पारेको यस चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।