कोरोनालाई बेवास्ता गर्दै ‘२ नम्बरी’ छायांकनमा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आज बिहीवारबाट चलचित्र ‘२ नम्बरी’ टिम छायांकनमा निस्किएको छ। नोवेल कोरोना भाइरसको त्रासबीच  टिम फ्लोरमा निस्किएका हुन् । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नभएसम्म छायांकन रोक्न चलचित्र निर्मातालाई संघले विज्ञप्तीमार्फत् आग्रह गरेको थियो। तर हालसम्म कुनैपनि चलचित्रको छायांकन रोकिएको भने छैन् । त्यसैगरी २०७७ सालको दशैँमा प्रदर्शन गर्ने लक्ष्य राख्दै  ‘ए मेरो हजुर ४’ र ‘परदेशी २’ टिमले पनि निर्माता संघको आग्रहलाई बेवास्था गर्दै छायांकन गरिरहेको छ।

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र टिम छायांकनमा निस्किएको हो । पोखराबाट छायांकन सुरु गरीएको चलचित्र ३५ दिनसम्म खिचिने निर्माण टिमले जानकारी दिएका छन् । चलचित्रको सम्पूर्ण  छायांकन पोखरामै गरिने दीपेन्द्रको भनाई छ। अभिनेता दयाहाङ राई र अभिनेत्री उगेन छोदेन 'भुटानी अभिनेत्री'लाई लिएर चलचित्र खिच्न सुरु गरिएको छ भने चैत्र ५ गतेबाट अर्का प्रमुख कलाकार  पल शाह र वर्षा राउत जोडिनेछन् । भुटानी चलचित्रकी चर्चित अभिनेत्री उगेन छोदेनले ‘२ नम्बरी’ बाट नेपाली चलचित्रमा डेब्यू गर्न लागेकी हुन् । चलचित्रमा उनी दयाहाङकी जोडीको रुपमा देखिदैछिन्। अर्को वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने चलचित्रमा बुद्धि तामाङको पनि अभिनय रहनेछ । रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहेको चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्र दुई साथीको कथामा निर्माण हुनेछ ।