आँचल शर्माको बिवाह सम्पन्न, मिडियालाई नो इन्ट्री

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

फागुन २९ गते बिहिबार नायिका आँचल शर्माले प्रेमी उदिप श्रेष्ठसँग बिबाह गरेकी छिन् । हिन्दू परम्परा अनुसार बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा बिबाह सम्पन्न भएको हो । करिब एक बर्षको प्रेमलाई उनीहरुले बिवाहमा परिणत गरेका हुन् ।

आँचलले चलचित्र छेत्रका निकट साथीलाई मात्र बिबाह निम्त्याएकी थिइन् भने मिडियालाई भिडियो फोटो लिन अनुमति दिएकी थिएन। बिबाह अगाडी आदीप जोडीले संगीत र मिहेन्दीको कार्यक्रम पनि गरेका थिए भने चैत १ गते रिसेप्सन पार्टी राखिएको छ ।

उदिप श्रेष्ठ पेसाले मेडिकल डाक्टर हुन् । केही वर्ष देखिको चिनजान पश्चात प्रेममा परेका यो जोडी आज विवाह बन्धनमा बाँधिएका हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् । आँचलले आफ्नो बिबाहको तस्बिर अफिसियल इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी छिन् । ।