हिमेशले जिते कमेडी च्याम्पियनको उपाधि (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपालको पहिलो मौलिक कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’मा हिमेश पन्त बिजेता बनेका छन्। शनिबार भएको फिनाले कार्यक्रमबाट अत्यधिक भोट ल्याउँदै हिमेशले बिजेताको उपाधिसँगै कार उपहार पाएका छन् ।उत्कृष्ट तीनमा हिमेश पन्त, सुमन कोइराला र खड्ग बहादुर पुन रहेका थिए ।

अन्य दुईलाई पछि पार्दै धादिङका हिमेशले कमेडी च्याम्पियनको उपाधी हात पार्न सफल भए । विशाल भण्डारीले निर्देशन गरेको ‘कमेडी च्याम्पियन’को ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ उपस्थित थिए। ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए । सोको होस्ट रिमा विश्वकर्माले गरेकी थिइन् । पछिल्लो समय नेपालमा गायक रियालिटी शो मात्र धेरै भइरहेका बेला मौलिक कमेडी रियालिटी शो भएकाले दर्शकको रुचि बढेको थियो ।

video