‘अंग्रेजी मिडियम’को खराब ओपनिङ

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी) ।</b> </pre><p style="text-align: justify; ">बलिउडको चलचित्र ‘अंग्रेजी मिडियम’ गएको शुक्रवारबाट प्रदर्शनमा छ । विश्वभरी कोरोना भाइरसको त्रासका कारण अधिकांश हलमा दर्शक पुगेका छैनन् । दर्शकको संख्या निकै कम छ । यसका साथै यो चलचित्रले खराब ओपनिङ गरेको छ ।होमी अदजानियाले निर्देशन गरेको यो चलचित्रले पहिलो दिन शुक्रबार ३ करोड ५० लाख मात्र कमाउन सफल भएको थियो। अभिनेता इरफान खानको मुख्य अभिनय रहेको यो चलचित्र भारतका सबैहलमा लाग्न सकेन । कोरोनाको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै दिल्लीसहित भारतका कैयौं राज्यका सिनेमा हल सरकारले बन्द गरिसकेको छ । </p><p style="text-align: justify; ">यसकारण पनि फिल्मले अपेक्षाकृत व्यापार गर्न नसकेको हो । सन् २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘हिन्दी मिडियम’ २३ करोडमा निर्माण भएको थियो भने पहिलो दिन २ करोड ८१ लाख कमाएको थियो । यो हिसाबले ‘हिन्दी मिडियम’ को तुलनामा ‘अंग्रेजी मिडियम’ ले राम्रो सुरुवात गरेको मान्न सकिन्छ । कोरोनाको त्रासको बावजूद पनि प्रदर्शनमा आएको फिल्मले शनिवार र आइतवार कमाईमा उछाल कायम गर्ने अनुमान गरिएको छ । चलचित्रमा इरफानका अलावा राधिका मदान, करीना कपूर, दीपक डोबरियाल, डिम्पल कपाडियाको पनि अभिनय छ । छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्षमा चलचित्र आधारित छ । ‘अंग्रेजी मिडियम’ बाट अभिनेता इरफान खानले २ वर्षपछि अभिनयमा कमब्याक गरेका हुन् ।</p><div style="text-align: justify; "><br></div>