कोरोनाको त्रारले रोकियो ‘लक्का जवान

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाली चलचित्र बजार निकै संकट अवस्थामा पुगेको छ। नेपाली मात्र नभएर बिश्व चलचित्र बजार अहिले डामाडोल भएको छ । मानिसहरु त्रासका कारण घरमै रहँन बाध्य भएका छन् । जसको प्रभावले नेपाली चलचित्रसँगै हलिउड र बलिउड चलचित्र रोकिन पुगेका छन्। कोरोना संक्रमणको त्राससँगै चलचित्र तुरुन्तै रिलिज गर्दा चलचित्रले रतिभर व्पापार नगर्ला भन्ने डरलेपनि चलचित्र रिलिज नगरेको अनुमान गर्न सकिन्छ । त्यसैगरी कोरोना भाइरस त्रासको कारण चैत २१ गते रिलिज हुने भनिएको चलचित्र&nbsp; ‘लक्का जवान’ पोस्टपोण्ड भएको छ । </p><p style="text-align: justify; ">निर्माण पक्षले उक्त बिषयबारे जानकार िदिएका छन्। ‘कोरोनाका डरसँगै सरकारले समेत चलचित्र हलमा नजान आग्रह गरेको र छायांनरत चलचित्रमा समेत रोक लगाइएको अवस्थमा चलचित्र सारेको डेब्यु निर्देशक शिवहरी पौड्याल बताएका छन्। अब आगामी वर्षको भदौमा चलचित्र गर्ने उनले बताए । निर्देशक शिवहरी पौड्यालसँगै चलचित्रमा किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको सिनेमामा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारहरुको अभिनय छ ।</p>