कलाक्षेत्रमा कोरोना प्रभावःसामाजिक सञ्जालबाटै मनोरञ्जन

गोपिकृष्ण चापागाईं/चैत, काठमाडौं ।

‘‘विश्वभरी कोरोनाको त्रासले गर्दा विश्व बजारका कलाकारहरु घरमै बसेर फेसबुक, ट्विटर, युट्युव तथा टिकटक जस्टो एप्सबाट दर्शक तथा स्रोतालाई मनोरञ्जन दिइरहेका छन् ।’’

यतिबेला विश्वभरी कोरोना भाइरस (कोभिड १९) को त्रास फैलिरहेको बेला विश्वबजारको कला क्षेत्र पनि ठप्प छ । जीवनयापनका लागी मनोरञ्जन बिधा अपरिहार्य छ त्यसका लागी विश्वका कैंयौं कलाकारले दिनहु मनोरञ्जन सामाग्री दिएका हुन्थे तर अहिले ठप्प छ । चलचित्र, गीतसंगीत तथा बिभिन्न माध्यमबाट विश्वबजारमा दर्शक तथा स्रोतामाझ मनोरञ्जन दिइरहेका कलाकारहरु अहिले यतिखेर निकै फुर्सदिला बनेका छन् ।

नेपाल सरकारले मनोरञ्जन स्थलहरु आउँदो बैशाख १८ गतेसम्मका लागी बन्द गर्ने निर्णय गरेसँगै कलाकारहरु घरमै बस्न बाध्य भएका छन् । बिभिन्न साँस्कृति कार्यक्रम, स्टेज कार्यक्रम, दोहोरी साँझ, क्लब जस्तो मनोरञ्जनस्थल हरु बिहीबारबाट ठप्प छन् । दिनहु सयौं कलाकारले दोहोरी साँझ, क्लब तथा स्टेज कार्यक्रमबाट मनोरञ्जन दिइरहेका थिए । तीनै कलाकार अहिले सामाजिक सञ्जालमा तस्बिर तथा स्टाटस पोष्ट अथवा बिभिन्न भिडियो सामाग्री पोष्ट गरेर मनोरञ्जन दिइरहेका छन् । कतिले टिकटक जस्ता मोबाइल एप्समार्फत बिभिन्न भिडियो सामाग्री सार्वजनिक गरेर मनोरञ्जन दिइरहेका छन् ।

बिशेषगरी कलिउडमा भन्दा पनि बलिउड र हलिउडको कलाक्षेत्रलाई कोरोनाले बढी प्रभाव पारेको देखिएको छ । भारतमा पनि कोरोनाको संक्रमित सयभन्दा बढी भएपछि कलाकारहरु बाहिर निस्किन सकेका छैनन्। चलचित्र तथा म्युजीक भिडियोको छायांकन ठप्प छन् । कतिपय कलाकारहरु क्वारेन्टाइनमा बसेका छन् । भाइरस संक्रमणबाट बच्न आ–आफनो घरमा सेल्फ–अइसोलेसनमा बसिरहेका सेलिब्रेटीहरूले सामाजिक सञ्जालमै गीत गाएर दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । हलिउडका रक ब्यान्ड कोल्डप्लेका लिड गायक क्रिस मार्टिनले इन्स्टाग्राममा गीत गाउँदै गरेको भिडियो सेयर गरेका छन् । इन्स्टाग्राममा लाइभ आउँदै उनले सबै ब्यान्ड सदस्यसँगै बसेर बजाउनु पर्ने हो तर कोरोनाका कारण सबैजना भिन्नभिन्न देशमा रहेकाले पहिलो चोटि एक्लै गाउन लागेको बताएका छन् । साथै उनले आफ्ना दर्शकहरू के गरिरहेका छन् भन्ने थाहा पाउन पनि लाइभ सोलो मिनी कन्सर्ट गर्न लागेको बताए । यस्तै गायक जोन लेजेन्डले पनि ट्विटरमा उनको चर्चित गीत ‘अल अफ मि’, ‘अ टेल एज बोल्ड एज टाइम’ र ‘बिउटी एन्ड दि बिस्ट’ गाएका छन् । भिडियोमा उनलाई श्रीमती क्रिसी टाइगनले साथ दिएकी छन् । भने गायक जस्टिन बिबर र श्रीमती हेली बोल्डविन ‘ह्वाइ इज एभरिथिङ क्रोम’ गीतमा नाच्दै गरेको भिडियो सार्वजनिक गरेका छन् ।

चेल्सी ह्यान्डलरले पनि जम्पसुटमा आफ्नै कोठामा ¥याम्प गरिरहेको भिडियो अपलोड गरेकी छन् । त्यस्तै मार्क डुप्लासले पनि ड्रम बजाउँदै गीत गाउँदै गरेको भिडियो सेयर गर्दै ‘कोरोनाःदि म्युजिकल पार्ट २’ क्याप्सन दिएका छन् । त्यस्तै डेभिड स्पेद, डायन किटन, म्याडोमा लगायतका कलाकारहरूले पनि सामाजिक सञ्जालमार्फत् गीत गाउँदै त कोही नाच्दै गरेको भिडियो सेयर गर्दैै आफ्ना दर्शकलाई मनोरञ्जन दिइरहेका छन् । बलिउडका चर्चित कलाकारहरु ‘सेल्फ आइसोलेशन’मा बसेका छन् ।  अभिनेत्री आलिया भट्ट पनि कोरोना भाइरसबाट बच्नको लागि सेल्फ आइसोलेसनमा बसेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन् । त्यस्तै अभिनेता अर्जुन कपूर पनि चार दिनदेखि सेल्फ आइसोलेसनमा बसेका छन्। उनले इन्स्टामा एउटा तस्विर शेयर गर्दै क्याप्सनमा लेखेका छन्, ‘क्वारेन्टाइन डे थ्री ।’  त्यस्तै उनको फिल्म ‘सन्दीप पिंकी फरार’को रिलिज डेट पनि स्थगित भएको छ । यसैगरी दिलीप कुमार पनि सेल्फ आइसोलेसनमा सामिल भएका छन् । उनी लामो समयदेखि बिरामी थिए । धेरै उमेर भएको कारण पनि उनले कोरोना भाइरसबाट बच्न सेल्फ आइसोलेसनमा बस्ने निर्णय लिएका हुन् । अभिनेत्री सोनम कपूर बेलायतबाट भारत फर्किए लगत्तै आइसोलेसनमा बसेकी छिन् ।

नेपाली सेलिब्रेटीहरु बाहिर निस्किेर मनोरञ्जन दिन नसकेपछि स्टुडियोमा गीत रेकर्ड तथा घरमै बसेर स्क्रिप्ट लेखन, गीत लेखन, बिभिन्न योजना तयारी गरिरहेका छन् । गीतसंगीत क्षेत्रमा निकै ब्यक्त कलाकार प्रमोद खरेल, शिव परियार, पशुपति शर्मा, हेमन्त शर्मा, शान्ति श्री परियार, राजनराज शिवाकोटी, अर्जुन पोखरेल, शिव हमाल लगायतका कलाकार अहिले स्टुडियोमा ब्यक्त छन् । दिनहुँ बिभिन्न स्टेज कार्यक्रममा हिड्नुपर्ने भएकाले स्टुडियोमा समय दिन नभ्याएका कलाकार अहिले यो समयलाई स्टुडियोमा सदुपयोग गरिरहेका छन्।

यो समाचार आजको हिमालय टाईम्समा प्रकाशित छ।