चेतनको नयाँ गीत ‘मेरेर के लानु छ’ सार्वजनिक

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायक चेतन राईले नयाँ गीत ‘मेरेर के लानु छ’ सार्वजनिक गरेका छन्। पप तथा सुगम संगीतमा आधारित गीतहरु  गाइरहेका गायक चेतनको यस गीत वास्तविकता तथा आत्यात्ममा आधारित छ । गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ। बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् । फराज अर्पणद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेत्री सरिता लामिछाने मुख्य भूमिकामा छिन् ।

उनलाई आयान बज्रँचार्य, प्रज्ञादीप राई तथा डा.सुबान्त के कुशुवाहले अभिनय साथ दिएका छन् । निर्देशक फराज अर्पणद्वारा नै छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन पनि गरेका छन् ।सन् २०१० मै पहिलो एल्बम ‘सेभेन’ सार्वजनिक गरिसकेका गायक राईको दोस्रो एल्बम ‘साउण्ड’ सन् २०१५ मा सार्वजनिक भएको थियो । उनको तेस्रो एल्बम ‘स्टेप’ यही वर्ष सार्वजनिक हुँदैछ । ‘मरेर के लानु छ’ गीत यही एल्बममा समावेश छ।