खुल्न थाले चिनका फिल्म हल

...

<pre><b>एजेन्सी । </b></pre><p>चीनमा कोरोना भाइरसको महामारीले बन्द भएका फिल्महलहरु खुल्न थालेका छन् । चीनको एक फिल्म टिकट एपका अनुसार, करीब १७ वटा हल फेरि खुलेका छन् । तर, पहिलो दिन फिल्मको कलेक्सन १ हजार ७० डलर मात्र रह्यो । महामारी फैलिएपछि चीनमा बिहीवार यस्तो पहिलो दिन थियो, देशमा एक जना पनि कोरोना संक्रमित व्यक्ति भेटिएनन् ।<br></p><p>गत हप्तादेखि चीनको सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका हुन् । विश्वभर फैलिएको कोरोनाका कारण कयौं ठूला फिल्मको चीन रिलिज रद्द भएको थियो । त्यस्तै, चीनका पनि ठूला फिल्म लुनार ईयरको समयमा प्रदर्शन गरिएन । कोरोनाका कारण हलिउडका सबै फिल्मको रिलिज पोस्टपोन्ड भएपछि चीनमा पुनः खुलेका हलहरुले पुराना फिल्म चलाइरहेका छन् । कोरोनाका कारण चीनका ७० हजार हल बन्द छन् ।</p>