एक्सन अवतारमा शाहरुख

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र 'जिरो' फ्लप भएपछि अभिनेता शाहरुख खान हत्तपत्त चलचित्र साइन गर्न डराउन थालेका छन्। उनले चलेको व्यानरमा निर्माण हुने चलचित्रमा समेत काम गर्न हिच्किचाउन थालेका छन्। पछिल्लो समय कति चलचित्र उनले साइन गर्दै पछि चलचित्रबाट हात झिकेको समाचारले बलिउड निकै तातेको पाइएको छ। हाल भने उनले ठुलो बजेटमा निर्माण हुन लागेको एक एक्सन चलचित्रमा काम गर्ने भएका छन्। उनले 'यशराज फिल्मस्’ व्यानरमा निर्माण हुन लागेको चलचित्रमा काम गर्न लागेका हुन्। भारतिय समचारका अनुसार उक्त चलचित्रको नाम घोषणा गर्ने तयारी भइरहेको छ।

त्यसैगरी बलिउडका सुपरहिट चलचित्र निर्माण गरेको चर्चित ‘यशराज फिल्मस्’ व्यानरले आफ्नो ५० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको भारतिय मिडियाले जनाएको छ। ‘वार’, धुम, वीरजारा, फना जस्ता अन्य थुप्रै हिट चलचित्र जन्माएको यस निर्माण कम्पनीको ५०औँ वार्षिकोत्सवमा यस कम्पनीसँग अहिलेसम्म सँगै सहकार्य गरेका सम्पूर्ण कलाकारहरुको उपस्थिती रहने बताइएको छ । शाहरुख खान, सलमान खान, ऋतिक रोशन, दीपिका पादुकोण,कट्रिना कैफ लागयतका अन्य थुप्रै कलाकारहरुको उपस्थिती सँगै चलचित्र क्षेत्रका अन्य मुख्य ब्यक्तित्वहरको पनि सहभागी रहने छ। स्वर्गीय निर्देशक तथा निर्माता यशराज चोपडा यस फिल्म निर्माण र वितरण कम्पनी 'यशराज फिल्म्स'का संस्थापक अध्यक्ष थए। सन १९७० देखि यस ब्यानरबाट चलचित्र निर्माण हुदै आएको छ । हाल यशका छोराहरु आदित्य चोपडा र उदय चोपड़ा ले  ‘यशराज फिल्मस्’ब्यानर बाट चलचित्र निर्माण तथा निर्देशन गर्दै आएका छन्।

सोही कार्यक्रममा ‘यशराज फिल्मस्’ले शाहरुख खानले काम गर्ने उक्त चलचित्र र अन्य केही नयाँ चलचित्रको घोषणा गर्ने तयारी गरिरहेको छ। शाहरुखको नाम नतोकिएको यस चलचित्र ‘वार’ निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन्। शाहरुखसँगै सलमान खान, ऋतिक रोशन, दीपिका पादुकोण,कट्रिना कैफ लागयतका चर्चित कलाकारलाई लिएर यशराजले फरक-फरक विधाको चलचित्र घोषणा गर्ने तयारी गरिरहेको छ।