प्रेमगीत ३ ले बाड्यो ११ हजार मास्क

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">निर्माण भएर प्रदर्शनका लागी तयारी अवस्थामा रहेको चलचित्र ‘प्रेमगीत ३’ टिमले सर्वसाधारणलाई ११ हजार मास्क&nbsp; वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको त्रास फैलिएसँगै बजारमा मेडिकल मास्क अभाव भएपछि चलचित्रको टिमले आइतबार निःशुल्क मास्क वितरण गरेको हो ।चलचित्र निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङले कोटेश्वर, लगनखेल र गोंगबु क्षेत्रमा मास्क बाँडेका हुन् । आइतवार मात्र ११ हजार मेडिकल मास्क वितरण गरिएको निर्माता सेनले फेसबुकमार्फत् जानकारी दिए।</p><p style="text-align: justify; "> उनले भने, ‘बजारमा मास्क अभाव भएको थाहा पाएपछि देशको एक जिम्मेवार नागरिक भएको हैसियतले मास्क वितरण गरेका हौं । यो मुश्किल परिस्थितिमा कुनै पनि बेला सरकारलाई आवश्यक पर्छ भने हाम्रो फिल्म ‘प्रेमगीत ३’ को सम्पूर्ण टिम सहयोग गर्न तयार छ ।’फिल्मको टिमले सर्वसाधारणलाई मास्क वितरण गर्दै सर्तकता अपनाउन पनि आग्रह गरेको थियो ।&nbsp;</p>