‘क्वारेन्टाइनबाटै दर्शकलाई मनोरन्जन दिन्छौँ’: दीपक बज्राचार्य

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

गायक दीपक बज्राचार्य र उनको टिम क्वारेन्टाइनमा बसेको ९ दिन बितिसक्यो। कोभिड १९ बाट बच्न सरकारले क्वारेन्टाइनमा बस्न दिएको आदेशलाई स्विकार गर्दै उनीहरु क्वारेन्टाइनमै दिन बिताउँदै आएका छन । दीपक भन्छन् ‘सरकारले हाम्रो स्वस्थ्यको लागि नै क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । त्यसैले हामी क्वारेन्टाइनमा बसिरहेका छौं।  ६/७ दिन उनीहरुले आराम गर्ने समय पाएको भन्दै दिनहरु रमाइलो गर्दै बिताइरहेका थिए।’ त्यसपछि उनीहरु एकै ठाउँमा बस्दाबस्दै दिन बिताउँन गाह्रो हुन थालेको बताउँछन ।

कोही पनि ब्यस्त मानिस एकै ठाउँमा सीमित भएर बस्न पक्कैपनि सक्दैन । त्यसैगरी उनीहरुलाई पनि एकै ठाउँमा सीमित भएर बस्न गाह्रो हुन थालिसकेको छ। त्यसपछि उनीहरुले आफूहरुपनि ब्यस्त रहने र यो त्रसित समयमा दर्शकलाई पनि मनोरन्जन दिने एक नयाँ जुक्ती निकाले। उनीहरुले फेसबुक लाइभ गर्दै गीत गाउने निधो गरे। दीपकका अनुसार जबसम्म उनीहरु क्वारेन्टाइनमा हुन्छन्, तबसम्म उनीहरुले लाइभ प्रस्तति दिनेछन्। दीपक भन्छन्। 'हामीले गर्दा कोही एकजना मात्र दर्शक खुसी हुनुभयो भने हामीपनि निकै खुसी हुन्छौँ । हाम्रो मुख्य उदेश्य भनेकै दर्शकलाई मनोरन्जन दिने हो । यदि तपाई मध्य कोही एक जना दर्शक खुसी हुनुभयो भने पनि हाम्रो उद्देश्य पूरा हुनेछ। जहाँ जस्तो अवस्थामा पनि दर्शकलाई अलिकति भए पनि खुसी दिन हामी लालाहित भइरहेका हुन्छौँ।'