अब टिभी फिल्मीमा दैनिक चार नेपाली चलचित्र

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

चीनबाट विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभरका चलचित्र उधोग अस्तव्यस्त भएका छन् । चलचित्र क्षेत्रसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम तथा अन्य मनोरन्जन स्थलहरु प्रभावित भएका छन्। कोरोनाको महामारी साम्य हुँदासम्म यि हरेक क्षेत्रमा निकै नोक्सान हुने अनुमान गरिएको छ। अहिले यही कोरोनाका कारण नेपाल पूर्ण रुपमा लकडाउनमा छ । (कोभिड १९)को त्रास नेपालमा पनि निकै भएको र अहिले सम्म ५ जनामा भाइरस देखिएका कारण संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनलाई सबै नेपाली जनताले फलो गरेका छन्।  उच्च सतर्कता अपनाइरहेका बेला कतिपयले सामाजिक सञ्जालमा त्रास फैलाइरहेको देखिएको छ । त्यस्ता त्रासलाई हटाउनका लागी सहि सर्तकता सन्देशको आवश्यक देखिन्छ । जसका लागी कलाकारहरुले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसैबीच सावधानीका लागी घरमै बसेका सबैजसो कलाकारले सामाजिक सञ्जालबाट आफ्नो सिर्जनात्मक सतर्कता सन्देश दिइरहेका छन् । सेलिब्रेटीका सामाजिक सञ्जालमा हजारौं, लाखौं फ्लोवर्स हुने भएकाले सानो सन्देशले पनि ठूलो भूमिका खेल्न सक्छन्। सेलिब्रेटीहरुले आ–आफ्नो ठाउँबाट कोरोना संक्रमण फैलिन नदिनका लागी के गर्नुपर्ने, संक्रमण भयोभने के गर्ने जस्ता कुराहरुको सन्देश सामाजिक सञ्जालबाटै प्रवाह गर्दा कोरोनाको त्रास कम हुने भएकाले चर्चित तथा लोकप्रिय कलाकारहरुले भने कोरोनाको बिषयमा सन्देश प्रवाह गरिरहेका छन् भने उनीहरुले लकडाउनबाटै दर्शकहरुलाई बिभिन्न तरिकाबाट मनोरन्जन पनि दिने प्रयास गरिरहेका छन् ।

अहिले सबैजसो मानिसहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन्। यो अवस्थामा सबैकालागि इन्टरनेट सबैभन्दा ठूलो साहारा बनेको छ। यसैबीच टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन थालेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने निर्णय गरेको जनाइएको छ । सुबेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राती ८ बजे ‘टिभी फिल्मी’ले चलचित्र देखाउने छ ।

केही दिनमा लकडाउन खुले पनि २०७७ बैशाख १८ गते सम्म चलचित्र हलहरु बन्द रहने भएकोले दर्शकको मनोरञ्जन प्राप्तीको अधिकारको सम्मान गर्दै यस्तो निर्णय लिइएको समेत स्टेशन म्यानेजर सुबेदीले जनाएका छन् । साथै इन्टरनेटको खपत बढेकोले स्लो हुनुका साथै भिडियो स्ट्रीमिङ साइटहरुले भिडियो क्वालिटि समेत घटाइरहेको अवस्थामा चलचित्र हेर्ने दर्शकहरुका लागि टिभी फिल्मी उपयुक्त माध्यम हुने बिश्वास समेत सुबेदीले लिएका छन् ।