‘सहयोगको घोषणा गर्ने नगर्ने मेरो मर्जीको बिषय हो’: सोनाक्षी

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">कोभिड १९का कारण हाल विश्वनै आंतकित बनेको छ। यससँगै बिभिन्न देश लकडाउनमा रहेका छन्। बिगत दुई हप्तादेखि नेपाल लक डाउनमा रहेको छ भने लामो समयदेखि भारतपनि पूर्णरुपमा डाउनमा छ। यसरी देश लकडाउनमा रहेकाले कोरोनाबिरुद्द लड्न&nbsp;नेपाल सरकारले निर्माण गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा कलाकारहरुले सहयोग गरिरहेका छन्। यस्तैमा भारतका प्रधानमंत्री नरेंद्र मोदीले बनाएको सहयोग कोषमा&nbsp; बलिउडका कलाकारले सहयोग गरिरहेका छन्। हाल नेपालमा भने केही&nbsp;चर्चित कलाकारहरुले सरकारलाई कोरोनाबिरुद्द लड्न साथ नदिएको भन्दै बिभिन्न समाचार बनिरेहेको छ। कलाकारको आलोचना सामाजिक संजालमा हुन थालेको छ। महंगो पारिश्रमिक लिने कलाकार र एउटै चलचित्रबाट करोड बढी कमाएका निर्माताहरु मौन छन् भन्ने खालका प्रतिक्रिया आउन थालेका छन् । कलाकारहरुले पनि समाचार बनाउने प्रति आक्रोस पोख्दै आएका छन्। चर्चित अभिनेत्री करिष्माले 'के सेलिब्रेटीले सबै समस्या समाधान गर्नुपर्ने? अनि के काम सरकार को? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रवि लामिछाने? जानुस् तपाईंहरुको भगवानलाई खोज्नुस' भन्दै आक्रोस पोखेकी छिन्। भने अर्की चर्चित नायिका रेखा थापाले पनि हामी राहत जुटाउँने बजेट हैनौ भन्दै आक्रोसित बनेकी छिन्। हालै दीपकले भनेपनि यस बिषमा बोलेका छन्। ‘एउटै चलचित्रबाट ५० करोड बढी रकम लिने कलाकार र ३० लाख पारिश्रमिक लिने कलाकारको तुलना गर्न मिल्दैन।' कलाकारहरुले पनि आफनो घर चलाउँनु पर्छ।&nbsp;नेपाली कलाकारलाई बलिउड कलाकारसँग तुलना गरेर साध्य हुदैन।'&nbsp;</p><p style="text-align: justify; ">यसैगरी भारतका प्रधानमंत्री नरेंद्र मोदीले बनाएको सहयोग कोषमा केही दिनअघि बलिउड अभिनेता अक्षय कुमारले कोषमा २५ करोड सहयोग गरे। त्यसैगरी सलमान खानले बलिउड चलचित्र इन्डस्ट्रीका २५ हजार मजदूरको जिम्मा लिने फैसला लिए। अक्षय र सलमानसँगै मोदीको नाममा स्थापना गरिएको राहत कोषमा अन्य कलाकारहरुले पनि सहयोग गरका छन्। तर उनीहरुले सार्वजनिक रुपमा यसको घोषणा गरेका छैनन्। यसमध्ये बलिउड अभिनेत्री सोनाक्षी सिन्हा पनि पर्छिन्। यो कोषमा सोनाक्षीले पनि कुनै सहयोग नगरेको भन्दै उनको आलोचना भैरहेको छ। नेपाली कलाकारहरुले जस्तै आलोचना गर्नेहरुलाई सोनाक्षीले पनि जवाफ फर्काएकी छिन्। उनले सामाजिक संजालमा लेखेकी छिन 'घोषणा नगर्दैमा सहयोग नगरेको भन्न मिल्दैन र घोषणा गर्नैपर्छ भन्ने जरुरी म ठान्दिन। घोषणा गर्ने नगर्ने&nbsp; यो मेरो मर्जीको बिषय हो। म मौननै बस्न चाहन्छु। आलोचित गर्ने व्यक्तिहरु शान्त बस्नुस सुरक्षा अपनाउनुस।' बलिउडका चर्चित अभिनेता साहरुख खान पनि यस बिषयबाट आलोचित हुन अछुत रहेका छैनन्।</p>