शाहरुखले गरे सहयोगको घोषणा, विश्वनै चकित!

मुम्बई/(एजेन्सी)

कोभिड १९-विरुद्द लडन नेपाल लगायत बलिउडका चर्चित कलाकारहरु मौन रहेको भन्दै हाल सामाजिक संजालमा निकै आलोचना भइरहेको छ। यसैबीच नेपालमा केही कलाकारहरुले सहयोगको घोषणा गरिरहेका छन् भने केही कलाकार 'हामी राहत जुटाउने बजेट हैनौँ' भन्दै आक्रोस पोखिरहेका छन् ।

अहिले बलिउडमा पनि यो बिषले हंगामा मच्चाइरहेको छ। अभिनेता अक्षय कुमारले २५ करोड सहयोग  र सलमान खानले बलिउड चलचित्र इन्डस्ट्रीका २५ हजार मजदूरको जिम्मा लिने फैसला गरेसँगै शाहरुख र अन्य चर्चित सेलिब्रेटी किन मौन छन् भन्ने प्रश्न उठिरहेको छ ।  यसैबीच भारतका प्रधानमंत्री नरेंद्र मोदीले बनाएको सहयोग कोषमा सोनाक्षीले पनि कुनै सहयोग नगरेको भन्दै उनको आलोचना भैरहेको छ। उनले पनि आलोचना गर्ने हरुलाई मुखतोड जवाफ फर्काएकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन 'घोषणा नगर्दैमा सहयोग नगरेको भन्न मिल्दैन र घोषणा गर्नैपर्छ भन्ने जरुरी म ठान्दिन। घोषणा गर्ने नगर्ने  यो मेरो मर्जीको बिषय हो।'

हाल अभिनेता शाहरुखले भने आलोचना गर्ने सबैको मुखमा मज्जाले ताला लगाइदिएका छन् । उनले कोरोना संक्रमण विरुद्द लडन बिभिन्न ७ शिर्षकमा सहयोग गर्ने घोषणा गरेका छन् । यघपी शाहरुख सहयोगको चर्चा गर्नुपछै भन्ने मान्यता राख्दैनन् । भारतिय समाचारका अनुसार उनले कम्पनी रेड चिल्लीले जारी गरेको विज्ञप्तीमा विभिन्न ७ शिर्षकमा सहयोग गर्ने बताइएको छ। योसँगै उनले विभिन्न ६ राज्यमा सहयोगको योजना सार्वजनिक गरेका छन् । साथै, उनले प्रधानमन्त्री राहत कोष, महाराष्ट्र मुख्यमन्त्री राहत कोष र वेष्ट बंगाल मुख्यमन्त्री राहत कोषमा सहयोग गर्ने बताएका छन् । यससँगै खानको  क्रिकेट टिम र उनको एनजीओले बंगाल र महाराष्ट्र सरकारलाई ५० हजार पीपीई उपलब्ध गराउने बताएको छ। उनको एनजीओ मीर फाउन्डेशनले एक महिनासम्म मुम्बइका ५५ सय परिवारका लागि खानको समेत व्यवस्था गर्ने बताइएको छ। उनको सहयोगको घोषणाले विश्व चकित बनेको छ । उनी सबैभन्दा धेरै च्यारेटी गर्ने सेलिब्रेटी हुन। उनको सहयोगको चर्चा अहिले सामाजिक संजालमा खुबै भैरहेको छ।