सहयोगकोलागि ‘आयंका’ अघि सरे

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोरोना संक्रमणपछि विगत दुई हप्तादेखि मुलुक लकडाउनमा छ। यस अवस्थामा मानिसहरु घर भित्रै सिमित छन्। भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरु निकै संकटमा परेका छन्। अहिले मानिसमात्रै हैनन् जनावरहरु पनि भोकै हुने समस्या बढ्दै गएको छ। तर यस बिषयलाई लिएर विभिन्न कलाकारहरुले आवाज उठाइरहेका छन् । हाल अभिनेत्री प्रियंका कार्की र उनका श्रीमान अभिनेता आयुष्मान देशराज जोशीले जनावरको खानाका लागि ‘आयंका फाउन्डेशन’ मार्फत नगद १ लाख सहयोग गरेका छन्। उनीहरुले उक्त रकम 'एनिमल नेपाल नामक संस्था' मार्फत सहयोग गरेका हुन्।

जनावरलाई संस्थालेनै खानाको व्यवस्था गर्नेछ।  मानिसहरुको मर्का बुझेर सहयोग गरे जसरी जनावरहरुलाई पनि भोकमरी बाट बचाउँन 'आयंका'ले सहयोगको अपिल समेत गरे। यस अघि वर्षा सिवाकोटीले कुकुरलाई खाना खुवाउँदै सबैलाई जनावरलाई पनि खाना खुवाउन अपिल गरेकी थिइन् ।