दीपकको स्टाटसमा वर्षाको गुनासो भरिएको कमेन्ट !

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामकालागि सरकारले तीन हप्ता लामो लकडाउन घोषणा गरेको छ । यसको अवधी अझै लम्बिने देखिएको छ। यससँगै दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने मजदुरहरु यो समयमा निकै संकटमा परेका छन्।

कोरोनाका कारण चलचित्र क्षेत्रमापनि निकै प्रभाव परेको छ । ज्याला मजदुरी गरेर परिवार पाल्ने प्राविधिकहरुको अवस्था यतिबेला निकै नाजुक बनेको छ। उनीहरुको यस समस्यालाई बुझेर विभिन्न चलचित्रकर्मीले आर्थिक तथा खाध्यान्न सहयोग गरिरहेका छन्। वर्षा सिवाकोटी, छक्का पन्जा टिम, पल शाह लगायतले केही रकम र खाध्यान्न सहित प्राविधिकहरुलाई  सहयोग गरिरहेका छन्। यसैबीच वर्षा राउतले पनि प्राविधिकहरुका लागि ५१ हजार नगद सहयोग गरेकी छन्। तर, उनले यस संकटको समयमा नेपाली चलचित्रकर्मीबीच प्राविधिकलाई सहयोग गर्न चलेको प्रतिस्पर्धा मन नपरेको बताएकी छिन् । यो समय एकअर्कासँग प्रतिस्पर्धा गरेर बस्ने समय नभएर आफूले सकेको सहयोग गर्ने समय रहेको उनको भनाई छ ।

केही दिनअघि हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले फेसबुकमा एक स्टाटस लेखेका थिए। ‘नेपाली चलचित्रकर्मीलाई एक्लै हिरो हुने बानी परेका छ’। यसै स्टाटसमा वर्षाले ‘यहाँ प्रतिस्पर्धा पो छ नी । कसले धेरै दियो, कसले कसलाई जित्यो, फलानोले ढिस्कानोको कपी गर्‍यो।’ यस भाइरससँग लडन विश्व एकजुट भएको अवस्थामा नेपाली फिल्मकर्मी भने एकअर्कासँग लडिरहेको भन्दै उनले कमेन्ट गरेकी छन् । यस विषयमा पनि प्रतिस्पर्धा देखिएपछि बर्षाले त्यसको विरोध गर्दै आफ्नो धारणा व्यक्त गरेकी हुन्।