आज बैशाख १ गते दयाहाङ राईको जन्मदिन, कति वर्ष लागे ?

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

आज नयाँ साल बैशाख १ गतेका दिन नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राईको जन्मदिन परेको छ । बिसं २०३७ साल आजकै दिन भोजपुरको खावामा जन्मिएका उनी आजबाट ४० बर्षमा प्रवेश गरेका छन् । जन्मदिनको अवसरमा उनलाई आज बिहानैदेखि शुभकामना दिनेहरुको आइरो लागेको छ। थुप्रै कलाकार, उनका आफन्त तथा शुभचिन्तकहरुले उनलाई शुभकामना दिएका छन्। कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको लकडाउनका कारण अभिनेता दयाहाङ अहिले घरमै आफ्ना परिवारका साथमा जन्मदिन मनाइरहेका छन् ।

चलचित्र 'अनागरिक'बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका उनले हालसम्म धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । 'लूट' सिरिज, 'मेरो एउटा साथी छ', 'दाशढुंगा', 'मेरो लव स्टोरी', 'छ्डके', 'बधशाला', 'लोफर', 'झोले', 'कबड्डी' सिरिज, 'वडा नम्बर ६' लगायतका धेरै चलचित्रमा अभिनय गरेका उनी अडियन्समाझ निकै लोकप्रिय छन् ।